Comments Add Comment

सविनदेखि पशुपति शर्मासम्म नारायणी किनारमा भेला हुने

runway-highway
कात्तिक १३ गते तिहारको पूर्वसन्ध्या पारेर नेपालमा आधा दर्जन गायक-गायिका नारायणी नदीको किनारमा भेला हुने भएका छन् । धेरै कलाकारलाई एउटै मञ्चमा उतारेर कन्सर्ट गर्ने परम्परा हराइरहेका बेला काठमाडौंको फेम नेपाल र चितवनको बी टू एच मिलेर आधा दर्जनभन्दा बढी कलाकार भेला गरेर कन्सर्ट गर्ने भएका छन् । टिएसएन इभेन्ट्स समेतको संलग्नतामा आउँदो शनिबार नारायणगढको नदी किनारमा कन्सर्ट हुन लागेको हो ।

‘रिदम हाइवे’ नाम दिइएको सो कन्सर्टमा ८ जना कलाकारले गीत प्रस्तुत गर्नेछन् । कन्सर्टमा दि एज ब्यान्ड, सबिन राई, नरेन लिम्बु, अलमोडा राना उप्रेति, आस्था राउत, पशुपति शर्मा, गिरिश खतिवडा र बटी एटले आफ्ना चर्चित गीतका माध्यमबाट दर्शकलाई मनोरञ्जन दिनेछन् ।

दर्शकले दुई सयको टिकट काटेर चर्चित कलाकारको साथमा रमाइलो गर्न सक्नेछन् । कन्सर्ट दिउँसो २ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment