Comments Add Comment

हिमालयन शेर्पालाई हराउँदै आर्मी बिकास रनिङ शिल्ड फुटबलको सेमिफइनलमा

army-football-team

९ कात्तिक, चितवन । काठमाडौंको त्रिभुवन आर्मी क्लव चितवनमा जारी टुवोर्ग विकास रनिङ शिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २-१ गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।

आर्मीको जितमा टेकबहादुर बुढाथोकी र आशिष शाक्यले एक एक गोल गरे । बुढाथोकीले ११औं र ३६औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको सुरुमै आर्मीले हिमालयन शेर्पालाई एक गोल उपहार सुम्पेको थियो । आर्मीका राजु आलेमगरले आत्मघाती गोल गरेका थिए । खेलका म्यान अफ द म्याच आर्मीका गोलरक्षक बिकास मल्लले १० हजार पुरस्कार पाए ।

यसअघि ब्याइज युनियनलाई हराउदै शेर्पा क्वाटरफाइनलमा पुगेको थियो भने आर्मी बाइ पाएर सिधै क्वाटरफाइनलदेखि खेल्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment