Comments Add Comment

मंगलबारको टप १० समाचारः लोकमानको खेलदेखि ओलीको हस्ताक्षर गायवसम्म

आज मंगलबार दिनभर अनलाइनखबरमा सयौं समाचार अपटेड भए । त्यस मध्ये पाठकले सबैभन्दा धेरै रुचाएका टप १० समाचार तपाईंले छुटाउनु भयो कि ?

लोकमानका ३ खेलः जसलाई सुशीला कार्कीले कुल्चिइन्

प्रधानमन्त्री प्रचण्ड र अख्तियार प्रमुख लोकमानसिंह कार्की दुबैजना घाइते बाघ जस्तो बनेका थिए । लोकमानलाई सर्वोच्चले डाम्ने त्रास थियो, प्रचण्डलाई पूर्वलडाकूको मुद्दामा लोकमानले तान्ने त्रास थियो । र, यही त्रासका वीचमा दुईजनावीच भेटवार्ता र समझदारी भएको थियो ।

मेरो गीतले नवविवाहित वीरेन्द्र-ऐश्वर्य लाजले पानी-पानी हुँदा …

म गीत गाउन थालेँ । त्यस क्रममा ‘काठमाडौंकी नेवार्नी’ भन्ने गीत के गाएको थिएँ, राजा-रानी दुवै नाच्न थाले । मैले गीत गाउँदा राजा-रानी त्यसरी नाच्नु भनेको मेरो लागि त गौरवको कुरा भयो । हाम्रो लोकगीत उठाएका हुन् वीरेन्द्रले । जहाँसम्म लाग्छ, वीरेन्द्र रहँदासम्म पछिसम्म पनि राजदरबारमा लोकगीत नै बढी चल्यो ।

महाअभियोग प्रस्तावबाट केपी ओलीको हस्ताक्षर गायव !

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीले समेत हस्ताक्षर गरेका थिए । तर, प्रस्ताव दर्ता गर्ने बेलामा ओलीको हस्ताक्षर हटाइयो । आखिरमा ओलीको हस्ताक्षर किन हटाइयो ?

संसद बैठक छठसम्म स्थगित, महाअभियोग प्रस्ताव सिफारिस समितिमै गएन

संसदको मंगलबारको बैठकमा कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको थियो । तर, बैठक झण्डै २ घन्टा मात्र चल्यो र सांसदहरुले बोल्ने क्रम नसकिएको भन्दै महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएन ।
अख्तियारले लोकमानकी छोरीसहित १२ ‘विज्ञ’लाई हटायो

२०१७ मा घुम्नैपर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा

गामी वर्षमा घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा परेको छ । ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूची सार्वजनिक गरेको छ ।

ख्तियार प्रमुख लोकमानसिंहलाई कारवाही गर्नुपर्ने पक्षमा व्यवस्थापिका संसदमा अभूतपूर्व एकता देखिएको छ । प्रमुख दलहरुका साथै साना पार्टी र मधेसी दलसमेत महाअभियोग प्रस्तावमा उभिएका छन् ।

सयपत्रीले ढकमक्क नागार्जुन, हेर्नुस् १० तस्वीर

sayapatri-flower-3

काठमाडौंको नागार्जुन नगरपालिकास्थित इचंगुनारायण क्षेत्र यतिबेला सयपत्री फूलले ढकमक्क छ । तिहारका लागि स्थानीय किसानले आफ्नो बारीमा रोपेको सयपत्री फूल यतिबेला नागार्जुन क्षेत्रको विशेष शोभा नै बनेका छन् ।

‘प्रेमगीत’की पूजा बोल्ड कि ब्यूटी ?

चलचित्र ‘प्रेमगीत’ प्रदर्शन अगाडि नायिका पूजा शर्माको चर्चा चलचित्र वृत्तमा खासै थिएन । केही फाट्टफुट्ट चलचित्रमा अभिनय गरेपनि उनी सफल भएकी थिइनन् । चलचित्र सफल भइदियोस् भनेर उनले भगवानको पूजा गरिन् ।

अमेरिकामा नन्दितालाई भ्याइनभ्याइ, भन्छिन्- यहाँको जीवनशैलीले लोभ्यायो

चार महिना अगाडि अमेरिका पुगेकी नायिका नन्दिता केसी उतै व्यस्त बनेकी छिन् । यो बसाइमा उनले पाँच वटा भिडियो र एउटा सेल्युलोइड फिल्ममा अभिनय गरिसकिन् ।

र, यो पनि

मेकअप नगरेको बेला श्रीमतीलाई देख्दा लोग्ने डराएपछि…

सिँगारपटारले महिलाको सुन्दरतामा बढोत्तरी गर्दछ भन्ने कुरामा दुइमत छैन । तर के यस्तो सम्भव होला जहाँ मेकअप नगर्दा लोग्नेले आफ्नै श्रीमतीलाई चिन्नै नसकोस् ? यस्तै घटना भएको छ दुबइमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment