Comments Add Comment

दीपकराजको ‘आजको डायरी’: ९ बजे मर्निङ वाक, दिनभर ‘छक्का पन्जा’को ५१ दिने तयारी

dipak-diary
बिहान म सधै नै ७ बजे उठ्छु । बिहान उठेर आज मैले थाइराइडको औषधी खाएँ । शरीरमा थोरै थाइराइड देखिएको छ । बिहान म सधै नै पूजापाठ गर्छु । करिब आधा घन्टा पूजापाठ सकेर म बिहान ९ बजेतिर मर्निङ वाकका लागि निस्किएँ ।

पशुपतिको डाँडाँमा करिब ४५ मिनेट मर्निङ वाक सकेपछि आधा घन्टा प्रणायम र ध्यान गरेँ । यसपछि हट लेमन खाएर म घर आएँ । बिहान खाना खाँदा ११ बजेको थियो । म खानामा प्राय दाल, भात, साग र एउटा उसिनेको अण्डा खान्छु । म माछा-मासु केहि पनि खादिनँ तर अण्डा भने खान्छु ।

आधा घन्टा आराम गरेर पौने १ बजे अनामनगर अफिसमा गएँ । अफिसमा चलचित्र ‘छक्का पन्जा’की निर्देशक दीपाश्री निरौलासँग चलचित्रको बिषयमा छलफल भयो । चलचित्रको ५१ दिने कार्यक्रम कसरी गर्ने भन्ने बिषयमा हामीले छलफल गर्‍यौं ।

यसपछि हामी चलचित्रको पोष्ट प्रोडक्शन भएको स्थान पुतलीसडकमा पुग्यौं । त्यहाँ हामीले ४५ सेकेण्डको वधाई प्रोमो तयार पार्‍यौ । चलचित्रले देशका अधिकांश हलमा ५१ दिन मनाउँदैछौ । यसैले, दर्शक र हल संचालकहरुलाई धन्यवाद तथा वधाई दिनका लागि प्रोमो तयार पार्‍यौ ।

एकदमै भोक लागेकाले संगम स्विटमा पुगेर खाजा खायौं । यसपछि जय नेपाल हलमा दर्शकको उपस्थिती र चलचित्रको प्रतिक्रिया लिन दीपाजी र म पुग्यौं । अझै पनि चलचित्र हेर्न दर्शकको उत्साहजन उपस्थिती देखेर खुशी लाग्छ ।

जय नेपाल हलबाट अब म घर जान्छु । घर पुगेर ९० मिलिलिटर रक्सी पिउँछु । म बर्षमा साउन, भदौ र असोजमा मदिरा पिउँदिन । बाँकी ९ महिना मात्र पिउँछु । हप्तामा ३-४ दिन हाफ क्वाटर रक्सी पिउने बानी छ मेरो ।

बेलुकी थोरै खाना खाएर करिब १ घन्टा फेसबुक चलाउँछु अनी ११ बजे सुत्छु । म हरेक दिनलाई सकारात्मक रुपमा लिन्छु । दैनिकजसो घर पुगेर आफ्नो कामको समिक्षा गर्छु । कसैसँग चर्को बोलियो कि, झगडा गरियो कि, भन्न नहुने कुरा भनियो कि । यस्तै यस्तै समिक्षा गर्छु र भोलीबाट यस्तो गल्ती नदोहोर्‍याउने प्रण गर्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment