Comments Add Comment

सडक निर्माण रोक्न मन्त्रीसमेत लागे

सडक मिचेर बनाएका घर भत्काउन पुगेका कर्मचारी र सुरक्षाकर्मीलाई मन्त्रीले फिर्ता गराए

१० कात्तिक, काठमाडौं । त्रिपुरेश्वर-कलंकी-नागढुंगा खण्डको निर्माणमा स्थानीय मात्र होइन, कार्यकारी पदमा आसीन मन्त्रीसमेत बाधक बनेका छन् ।

Nabindra-Raj-Joshi-1८ असोजमा कालिमाटी क्षेत्रमा सडक मिचेर घर भत्काउन पुगेका कर्मचारी र सुरक्षाकर्मीलाई उद्योगमन्त्री नवीन्द्रराज जोशीले धम्काएर फिर्ता गराए ।

डोजर लिएर संरचना भत्काउन टोली खटिएपछि मन्त्री जोशीले महानगरीय प्रहरी प्रभाग कालिमाटीका प्रमुख डिएसपी नवराज अधिकारीलाई मोबाइल फने गरेर तत्काल र्फकन निर्देशन दिएका थिए । मन्त्रीकै दबाब आएपछि डोजर लिएर घर भत्काउन पुगेको टोली खुरुक्क फर्किएको समाचार अाजको नयाँ पत्रिकाले छापेको छ ।

उपसचिव नवराज सापकोटाले भने, ‘कालिमाटीमा मिचिएका संरचना भत्काउन टोली पुग्यो । तर, उद्योगमन्त्रीले टेलिफने गरेर भत्काउने कार्य तुरुन्त रोक्ने आदेश दिए । मन्त्रीलेनै आदेश दिएपछि हाम्रो केही चलेन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment