Comments Add Comment

चिनियाँ सबैभन्दा कम दयालु, सबैभन्दा दयालु देश कुन ?

iraque१० कात्तिक, काठमाडौं । विश्वमा सवैभन्दा दयालु र दानवीर मानिस कहाँका होलान् ? एक शोधका अनुसार लामो समयदेखि युद्धको सामना गरिरहेको इराकका मानिस सवैभन्दा दयालु छन् ।

सीएफएफ वल्र्ड गिविग इन्डेक्स २०१६ का अनुसार इराकका मानिस अपरिचित मानिस प्रति सवैभन्दा उदार रहने गरेका छन् । शोधका अनुसार म्यानमारका मानिसले सबैभन्दा धेरै दान गर्ने गरेका छन् । एक महिनामा एसियाली मुलुक म्यानमारमा ९१ प्रतिशतले दानमा पैसा दिएका छन् ।

यसको तुलनामा ६३ प्रतिशत अमेरिकीले या त दान मा पैसा दिएका छन् भने ७३ प्रतिशत अमेरिकीले अपरिचित व्यक्तिको मद्दत गरेका छन् ।

chinaअमेरिकी नागरिकको तुलनामा दोस्रो स्थानमा चीन सबैभन्दा कम दयालु देशमा दर्ज भएको शोधले देखाएको छ ।

म्यानमार तेस्रो पटक सूचीको शीर्ष स्थानमा परेको छ । म्यानमारमा कुल जनसंख्याको आधा भन्दा धेरै जनताले अरुको सहयोगका लागि समय दिएका छन् तथा ६३ प्रतिशत मानिसले अपरिचितको सहयोग गरेका छन् । उनीहरुले गरेको दानको धेरै हिस्सा गुम्बामा रहेका भिक्षुलाई दान दिनमा खर्च गरेका छन् ।

युरोपमा अपरिचित मानिसको लागि समय, आर्थिक सहयोग तथा स्वेच्छामा सेवा गर्नेमा बेलायतीहरु अगाडि छन् ।

गत एक महिनामा दशमध्ये आठ इराकीले यस्ता मानिसको सहयोग गरेका छन्, जसलाई उनीहरु चिन्दैनन् । लिबियाका मानिसपनि मदत गर्ने मामलामा इराकको बराबरीमा पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment