Comments Add Comment

२ करोड उठाउनु पर्ने दबाबमा जीवन र संचिता

sanchita-jiwan-love-in-radha
करिअरको अप्ठ्यारो मोडमा पुगेका नायक जीवन लुइटेल र नायिका संचिता लुइटेललाई २ करोडको व्यापार गर्नुपर्ने दबाब छ । शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘राधा’ले २ करोड कमाई नगरेको खण्डमा निर्माता घाटामा जाने बताइएको छ । ७० लाखको बजेटमा निर्माण भएको भनिएको यो चलचित्रले लगानी उठाउन २ करोडको व्यापार गर्नुपर्ने हुन्छ ।

चलचित्रले १ करोड व्यापार गर्दा निर्माताको हातमा २५ देखि ३५ लाखसम्म पर्न जान्छ । यसअर्थमा पनि योगेश घिमिरे निर्देशित यो चलचित्रलाई २ करोडको छेउछाउको व्यापार गर्नुपर्ने हुन्छ । तिहारको बिदा भएकाले पनि निर्देशक घिमिरे व्यापार हुनेमा ढुक्क छन् । उनले कथावस्तु नै राम्रो भएकाले चलचित्र चल्ने बताए ।
jiwan-and-sanchita-in-radha jiwan-and-sanchita-love
यो चलचित्रले कलियूगका राम र राधाको कथालाई उठान गरेको छ । गाउँकी राधा र उनको जीवनमा आइपर्ने विभिन्न घटनाक्रमलाई चलचित्रले उठान गरेको छ ।

लगातार असफल चलचित्रका कारण बक्स अफिसमा कमजोर बनेका जीवन लुइटेल र कमब्याकपछि खासै चर्चा पाउन नसकेकी संचिताका लागि यो चलचित्र विशेष छ । sanchita-and-uttam-in-radha sanchita-in-radha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment