Comments Add Comment

फेसबुक र ट्वीटरमा लेखिएका स्टाटसको पनि इन्स्योरेन्स हुने

facebook-twitterसामाजिक सञ्जालमा आफ्नो मनको भावना व्यक्त गर्ने क्रममा कहिलेकाहीँ अप्ठेरोमा पनि परिन्छ । फेसबुक वा ट्वीटरमा लेखेकै आधारमा ठूलो धनराशी क्षतिपूर्ति माग गर्दै मुद्दा हाल्ने सिलसिला विश्वव्यापी नै छ । भारतको एउटा इन्स्योरेन्स कम्पनीले यसैलाई मध्यनजर गरेर फेसबुक वा ट्वीटरमा गरिएको पोस्टलाई बीमा गर्ने अवधारणा अघि सारेको छ ।

बजाज आलियान्ज जनरल इन्स्योरेन्सले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई राहत पुग्ने गरी नयाँ इन्स्योरेन्स पोलिसी तयार गरेको हो । अन्तिम रुप दिने क्रममा रहेको उक्त पोलिसीले सामाजिक सञ्जालमा गरिएको कुनै पनि क्रियाकलापबाट उठ्ने तेस्रो पक्ष दायित्व वहन गर्नेछ ।

बजाज आलियान्जका प्रवन्ध निर्देशक तपन सिंघल भन्छन्, ‘यदि सोसल मिडियामा गरेको कुनै पोस्ट वा संवादका आधारमा कसैले तपाईंमाथि मुद्दा वा मानहानी दावी गर्छ भने त्यस्तो परिस्थितिमा साइबर इन्स्योरेन्स पोलिसी प्रडक्टले सम्पुर्ण क्षतिपुर्ति उठाउने छ ।’ त्यति मात्र नभएर डाटा चोरी भएको अवस्थामा पनि कम्पनीले कभर गर्नेछ । कम्पनीले व्यक्तिगत साइबर कभरको खाका बनाइरहेको छ जुन हाल विद्यमान रहेको कर्पोरेट साइबर इन्स्योरेन्स कभरसँग मिल्दोजुल्दो हुनेछ ।

कम्पनीका अनुसार जुन तरिकाबाट इन्टरनेट प्रयोगकर्ताको संख्या बढिरहेको छ र अनलाइन खरिद वा कारोवार भइरहेको छ यसले सोसल मिडिया र इकमर्स साइटहरुमा निजी जानकारी सजिलै उपलब्ध हुन्छ । यस्तो स्थितिमा व्यक्तिगत साइबर इन्स्योरेन्स फिसिङ, आइडेन्टीटी थेप\mट, साइबर स्टकिङ, उत्पीडन र बैक अकाउन्ट ह्याकिङ जस्ता जोखिमहरुलाई कम्पनीले कभर गर्नेछ ।

एक अनुमान अनुसार भारतमा अहिले लभगभ पाँच सय सक्रिय साइबर कभर पोलिसी छन् । साइबर इन्स्योरेन्सको बजार लगभग एक हजार करोड भारतीय रुपैयाँको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment