Comments Add Comment

मलेसिया आएको भोलिपल्टै एक नेपालीको मृत्यु

मलेसिया । रोजगारीको लागि मलेसिया आएको भोलिपल्टै एक नेपालीको मृत्यु भएको छ । विदामा तीन महिना घरमा बसेर शनिवारमात्र मलेसिया आईपुगेका शिवसताक्षी-५ झापाका विष्णु रोकायाको आइतबार ज्यान गएको हो ।

bishnu-rokaya-jhapaआइतबार दिउँसो छाती दुख्यो भनेपछि कम्पनी मालिकले उनलाई स्थानीय अस्पतालमा पुर्‍याएको थियो । उपचारकै क्रममा राति करीब दश बजे उनको मृत्यु भएको लव खड्काले जानकारी गराए ।

क्वालालम्पुरको कोतारायमा रहेको एक किराना तथा सब्जी पसलमा कार्यरत रोकाया करीब १२ वर्षदेखि मलेसियामा कार्यरत थिए ।

नेपालमा पनि उनी विरामी भएको र विराटनगरमा रहेको एक अस्पतालमा उपचार गराएर मलेसिया आएको परिवारले जानकारी दिएका छन् ।

शवलाई चेरासमा रहेको केएमसी अस्पतालमा राखिएको छ । शवलाई नेपाल पठाउने तयारी भैरहेको छ । मृतक रोकायका श्रीमती, एक छोरा र एक छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment