Comments Add Comment

प्राइम बैंकले २३ प्रतिशत बोनस सेयर दिने

१० कात्तिक, काठमाडौं । प्राइम कमर्शियल बैंकको सञ्चालक समितिले सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि १.२१ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ ।

prime-comercial-bankगत आर्थिक वर्षको कमाएको नाफाबाट बैंकले सेयरधनीलाई लाभांस दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त निर्णय नियामक नेपाल राष्ट्र बैंक र बैंककै आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै वितरण गरिने छ ।

गत वर्ष बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले चुक्ता पुँजी बढाउने उद्देश्यले आफ्नो हैसियतले भ्याएसम्म बोनस सेयर दिने निर्णय गरेको हो ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ७० करोड रुपैयाँ छ । २३ प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ४४ करोड रुपैयाँ पुग्ने छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार ०७४ असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पुँजी ८ अर्ब रुपैयाँ हुनुपर्ने छ । त्यसका लागि बैंकले ४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी थप गर्नुपर्नेछ ।

हकप्रद सेयर निष्काशन तथा मर्जर र एक्वायरमा गएर मात्रै कैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्‍याउन सक्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment