Comments Add Comment

हुपिनचुली र चोचोङ भुजी लिग फुटवलको क्वाटरफाइनलमा

bhuji-football

१० कात्तिक, रामेछाप । हुपिनचुली युनाइटेड र चोचोङ युथ क्लब रामेछापमा जारी भुजी लिग रनिङ शिल्ड फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा माइक्रो हाइड्रो भुजीलाई ३-० गोलले पराजित गर्दै हुपिनचुलीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । चोचोङले भने प्रीतिको सरस्वती युथ क्लबलाई १-० गोलले स्तब्ध तुल्यायो ।

भुजी मैदानमा भएको खेलको पहिलो हाफमा एक गोलको अग्रता बनाएको हुपिनचुलीले दोस्रो हाफमा दुई गोल गर्दै सहज जित हात पार्‍यो । हुपिनचुलीका लागि निर्मल सुनुवार, मणि सुनुवार र सरोज सुनुवारले गोल गरेका थिए । चोचोङको जितमा भने कुमार माझीले खेलको १० औं मिनेटमा गरेको एक मात्र गोल निणर्ायक बन्यो ।

मंगलबारको खेलपछि लेसुखोला र काठमाडौंको बेथलेहेम युथ क्लबले पनि प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । नक आउट चरणको खेलमा लेसुखोलाले सुनुवार युनाइटेडलाई ४-० को भारीअन्तरले पराजित गर्‍यो । बेथलेहेमले आयोजक लिखु भुजी रामेछाप युथ क्लबलाई २-० ले स्तब्ध पार्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment