Comments Add Comment

सरकारले भूकम्प प्रभावित १७ जिल्लामा घर क्षतिको विवरण संकलन गर्दै

ministery-of-local-development, Sthaniya Bikas
१० कात्तिक, काठमाडौं । स्थानीय विकास मन्त्रालयले भूकम्पबाट अति प्रभावित १३ जिल्ला बाहेकका बाँकी १७ जिल्लामा पराकम्पनबाट क्षति भएका घरहरुको समेत विस्तृत विवरण संकलन गर्ने भएको छ ।

मन्त्रालयले सूचना प्रकाशित गरी भूकम्प पीडित परिचयपत्र तथा राहत र न्यानो कपडा आएकाहरुले सहयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले सर्वेक्षण गरिने सबै घरधनीहरुको नामावली गाविसको कार्यालयमा टाँसिने समेत बताएको छ ।

यसक्रममा विवरणमा छुटेका परिवारले गाविसमा नाम टिपाउन समेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले यसको विवरण कात्तिक मसान्तभरि पठाइसक्नसमेत निर्देशन दिएको छ ।

सर्वेक्षण हुने १७ वटा जिल्लाहरुमा लमजुङ, चितवन, तनहुँ, खोटाङ, स्याङ्जा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की, पर्वत, म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र संखुवासभा रहेका छन् ।

पढ्नुहोस् मन्त्रालयले निकालेको सूचना 

notice

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment