Comments Add Comment

‘कारखाना’को फस्टलुक यस्तो देखिए बर्षा र सुशिल

karkhana-poster
पौष २९ लाई प्रदर्शन मिति तय गर्दै चलचित्र ‘कारखाना’को फस्टलुक रिलिज गरिएको छ । यो चलचित्रको फस्टलुकमा मुख्य कलाकार सुशिल श्रेष्ठ र बर्षा  सिवाकोटीलाई मात्र राखिएको छ ।

चलचित्रमा मौसमी मल्ल, नविन लम्साल, जेविका कार्की, विकास उप्रेती, सुपी थापा लगायतका कलाकारको पनि अभिनय छ । अमरदिप सापकोटाको कथा तथा निर्देशन रहेको यो चलचित्रलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन् ।

चलचित्रमा हर्कुलेस बस्नेत, अनिल शाही र कल्याण सिंहको संगीत, नवराज उप्रेतीको छायांकन, अमरदिप सापकोटा, दयाराम दाहाल र सुशिल पोखरेलको पटकथा तथा संवाद, चन्द्र पन्तको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

सुशिल ‘होस्टेल रिटन्र्स’बाट चलचित्र क्षेत्रमा उदाएका कलाकार हुन् । जसका लागि ‘कारखाना’को व्यापार विशेष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment