Comments Add Comment

तिहारअघि नै मुरी भर्ने चटारो (फोटोकथा)

paddy-harvesting-7

१० कात्तिक, काठमाडौं । यतिबेला देशभर नै धान पाकेर खेत पहेंलपुर छ, धान अहिले नै नभित्राउने हो भने खेतमा मुसा, चराले नोक्सान पार्ने त छँदैछ, बढी पाक्यो भने खेतमै झर्न थाल्छ ।

त्यसैले कृषि प्रधान देश नेपालमा यतिखेर किसानलाई धान भित्र्याउन भ्याइनभ्याई छ । असारमा मानो रोपेका किसानहरु सकेसम्म तिहार अघि नै भकारी भरेर फुर्सदमा चाडबाड मनाउने योजनामा छन् ।

paddy-harvesting-14
भक्तपुरका किसानहरु पनि दशैंलगत्तै धान भित्र्याउन व्यस्त छन् । धान काटेलगत्तै खेतमा गहुँ, आलु र प्याजलगायतका तरकारी तथा अन्न बाली लगाउनुपर्ने भएकाले माटोको चिस्यान सुक्छ भन्ने डर किसानहरुमा छ ।

paddy-harvesting-11
नेपालमा पछिल्लोपटक जलवायु परिवर्तन र गुणस्तरीय धानको अभावले किसानले दुःख गरे अनुसारको उत्पादन भने लिन सकेका छैनन् । त्यसमा पनि समयमै पानी नपर्नु र मल अभावले पनि पर्याप्त धान उत्पादन समेत हुन सकेको छैन । कतिपय ठाउँमा त झन् सरकारले नै सिफारिस गरेको धानको बीउका कारण उत्पादनमा नै ह्रास आएको छ ।

paddy-harvesting-13

कृषि विभागका अनुसार नेपालमा करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुन्छ । उत्पादित धानले मात्र माग थेग्न नस्क्दा बर्सेनि नेपालले २५ अर्बभन्दा बढीको धान आयात गरिरहेको छ ।

paddy-harvesting-4

paddy-harvesting-1

paddy-harvesting-9

paddy-harvesting-10

paddy-harvesting-12

paddy-harvesting-8

paddy-harvesting-6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment