Comments Add Comment

बिजुलीको पोलमा आगलागी, सिंहदरबार आसपासमा बिद्युत आपुर्ति बन्द

fire-on-electric-pole-3

१० कात्तिक, काठमाडौं । अनामनगरमा रहेको विद्युत प्राधिकरणको पोलमा आगलागी भएपछि सिंहदरवार आसपासमा विद्युत आपूर्ति बन्द भएको छ ।

बुधबार बिहान साढे ११ बजे अनामगरस्थित विद्युत प्राधिकरणको तारमा एक्कासी आगलागी भएपछि विद्युत सेवा अवरुद्ध भएको हो । प्रत्यक्षदर्शीका अनुसार विद्युत प्रवाह भइरहेका बेला तार बेरेको स्थानमा एक्कासी आगो बलेको थियो ।

प्राधिकरणसँगै नेपाल टेलिकम, केबुल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुले अव्यवस्थित रुपमा तार टाँग्दा विद्युत सट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

तारमा आगो सुरु भएलगत्तै प्रहरीले आगो निभाउन ग्यासको प्रयोग गरेपनि तार पुरै नष्ट भएको छ ।

विद्युत प्राधिकरण नो लाइट रत्नपार्क शाखाका अनुसार प्राविधिक टोलीले मर्मत शुरु गरेपनि दिनभर विद्यत सेवा अवरुद्ध हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment