Comments Add Comment

विमानमा घरपालुवा जनावर लैजाने हो ? यसरी सघाउँछ बुद्ध एयरले

buddha-air-animals-caze१० कात्तिक, काठमाडौं । काठमाडौंबाट आफ्ना साथीभाइसँग पहिलोपटक लुम्बिनीका लागि हिँडेकी प्रिया शर्माले आफ्नो प्यारो ‘बोगु’ (कुकुर)लाई आफूसँगै नल्याई विमानस्थल आउनै सकिनन् । उनका परिवारजनले कुकुर प्लेनमा साथ लान पाइँदैन भन्दा-भन्दै पनि अङ्ग्रजी चलचित्रको प्रभावमा परेकी पि्रयालाई जसरी पनि आफ्नो कुकुर सँगै लानु थियो । अन्ततः विमानस्थलका कर्मचारीहरुले कुकुर फर्काएदिए ।

काठमाण्डौँकी पि्रया त एक प्रतिनिधि पात्र मात्र हुन् । कुकुर तथा अन्य जनावरहरु आफूसँगै जहाजमा लिएर हिँड्न पाइन्छ भनेर देखेको वा सुनेको भरमा नियम र प्रक्रिया नबुझी आफ्ना घरपालुवा जनावरका साथ विमानस्थल पुग्ने यात्रुका लागि विमानस्थल तथा सम्वद्ध एयरलायन्सका कर्मचारीका लागि पनि उत्तिकै सास्ती हुन्छ ।

नेपालमा पनि, हलिउड फिल्म देखिए झैँ घरपालुवा जनावर आफूसँगै लिएर हवाइयात्रा गर्न पाइन्छ । तर, त्यसका लागि केही प्रक्रियाहरु भने यात्रु तथा एयरलायन्स कम्पनी दुवैले पुर्‍याउनु पर्ने हुन्छ ।

नेपालमा बुद्ध एयर आफ्नो कार्गो सेवामा घर पालुवा जनावरलाई समेत यात्रुकै गन्तव्यसम्म पुर्‍याइदिने सेवा प्रदान गर्छ । तर, यसका लागि हवाई सुरक्षा र सुविधाका हिसाबले केही नियमहरुको भने पालना गर्नुपर्ने हुन्छ ।

प्रक्रिया के छ ?

विमानबाट आफ्नो घरपालुवा जनावर लाने इच्छा लागेमा सुरुमा बुद्ध एयरको कार्गो कार्यालयमा जानकारी गराउनुपर्छ । आफूले लान चाहेको जनावरको विवरणसहित अगि्रम बुकिङ्ग गराउनु पर्छ । यसले विमानका कार्गोका कर्मचारी तथा चालकदलका सदस्यलाई तपाईँले आफूसाथ लान चाहेको जनावरका बारेमा व्यवस्थापन गर्न मद्दत पुर्‍याउँदछ ।

“अगि्रम बुकिङ्ग गराउनका लागि तपाईँले आफ्नो टिकट लिएको ट्राभल एजेन्टमार्फत वा बुद्ध एयरको कार्गो कार्यालयको सम्पर्क नं. ०१-४४७७३२१ मा फोन गरेर अगि्रम बुकिङ्ग गराउन सक्ने कम्पनीले जनकएको छ ।

‘काठमाडौंभन्दा बाहिरको हकमा अगि्रम बुकिङ गराउनका लागि सम्बन्धित स्थानको बुद्ध एयरको कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ,’ आˆनो सेवाका बारेमा बताउँदै बुद्ध एयरकी कार्गो डिभिजन प्रमुख सम्भवी बस्ताकोटीले बताइन् ।

दोस्रो चरणमा आफूले साथै लान चाहेको जनावरका लागि लिक नहुने वा लिकेज प्रुफ बाकसको व्यवस्था गर्नु पर्ने हुन्छ ।
“यस्ता बाकसहरु बजारमा सजिलै किन्न पाइन्छ वा यदि तपाईँले ल्याउन नसकेेको खण्डमा बुद्ध एयरका कर्मचारीहरुले यात्रा अवधिका लागि तपाईर्ँलाई उक्त बाकस विमानस्थलमै उपलब्ध गराउनेछन्,” बस्ताकोटीले भनिन् ।

यस्ता बाकस भित्र राखेर ६ महिनाभन्दा कम उमेरको कुकुर वा विरालोका बच्चाहरु (बढीमा दुईवटा), वयस्क कुकुर वा विरालोको हकमा बढीमा ९ केजी तौल भएको, विरालो, सुँगा वा अन्य पशुपक्षी वा भर्खरै जन्मिएका कुखुराका चल्लाहरु (जन्मेको एक दिन भित्रमा) तपाईँका लागि पशुहरुको यातायातको प्रबन्ध मिलाइन्छ ।

यी सबै चरणहरुमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेका आफूसँगै लान चाहेको पशुको स्वास्थ्य अवस्थाको प्रमाणपत्र हो । यात्रा गर्ने दिनमा १० दिन नकटेको पशुको स्वास्थ्य विवरण उल्लेख गर्ने पशु चिकित्सकले प्रमाणित गरेको प्रमाणपत्र बिना पशुको कार्गो गर्न पाइँदैन । यसका लागि आफ्नो पशु चिकित्सक वा कार्गो कार्यालयको सम्पर्कमा रहेका पशु चिकित्सकबाट सहयोग लिन सकिन्छ ।

माथि उल्लेख गरिएका सबै शर्तहरु पुरा भए नभएको यकिन गर्नका लागि कार्गोका कर्मचारीहरुले एक चेकलिष्टको प्रयोग गर्छन् । त्यसपश्चात जिउँदो जनवारको लागि स्वघोषणा गरिने सिपर्स फारममार्फत कार्गोका समयमा जनावरको प्राकृतिक कारणले मृत्यु वा घाइते भएमा एयरलाइन्स जिम्मेवार हुने छैन भन्ने फारम भरेर हस्ताक्षर गर्नुपर्छ ।

यदि यात्राको दौरान पशुको मृत्यु भएमा, उक्त पशुको शवलाई भेटेनरी चिकित्सककोमा जाँचका लागि पठाइन्छ । चिकित्सकले प्रदान गर्ने प्रतिवेदन सबै सम्बन्धित पक्षलाई प्रदान गरिने बुद्ध एयरले जनाएको छ । यी जानकारीहरु कार्गोका कर्मचारी वा विमानस्थलका बुद्ध एयरका कर्मचारीहरुबाट पनि लिन सकिन्छ ।

कस्तो अवस्थामा घरेलु जनावरहरुको कार्गो हुदैन ?

यदि तपाईको घरेलु जनावरलाई कुनै रोग लागेको भएमा वा घाइते वा घाउ चोटपटक लागेको भएमा, पशु गर्भवती भएमा अथवा गन्तव्यको विमानस्थलले त्यस्तो कार्गोका लागि अनुमति नदिएमा जनावरको कार्गो हुदैन । त्यसैगरी, भर्खरै शल्यक्रिया गरिएका वा मृत जनावरको पनि कार्गो हुँदैन ।

बुद्ध एयरका कर्मचारीहरु सजीव घर पालुवा जनावरको व्यवस्थापनका लागि विशेष रुपमा प्रशिक्षित रेको कम्पनीले बताएको छ ।

यस्ता कार्गोका कर्मचारीहरुको सहयोगमा र सबै प्रक्रिया पुर्‍याएको खण्डमा तपाईँले आˆनो मनपर्ने जनावरलाई आफूसँगै लान सक्नेछन् ।

बुद्ध एयर नेपालका अन्य एयरलायन्सको तुलनामा सुरक्षित मानिन्छ । नेपाली आकाशलाई अन्तर्राष्ट्रिय उड्डयन वातावरणको हिसाबमा त्यत्ति सुरक्षित नमानिने भएता पनि बुद्ध एयरको इतिहास र हाल अद्यावधिक गरिएका सुरक्षा संयन्त्रका कारण नेपालमा कम दुर्घटना हुने एयरलायन्सका रुपमा बुद्ध एयरले पहिचान बनाएको छ ।

साथै, नेपालमा सुरक्षा तथा सञ्चालनका नियमित परीक्षण (अडिट) गर्ने बुद्ध एयर एक मात्र एयरलायन्स हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment