Comments Add Comment

डीआइजी सुवेदीको अख्तियारमा सरुवा

devendra-subedi

१० कात्तिक, काठमाडौं । नेपाल प्रहरीले डिआइजी देवेन्द्र सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ ।

एक महिना अघि अर्का डीआइजी हेमन्त मल्ल प्रहरी प्रधान कार्यलयमा सरुवा भएपछि रिक्त स्थानमा सुवेदीलाई पठाइएको हो ।

प्रहरी प्रधान कार्यालयको महानिरिक्षक सचिवाललयमा रहेका डीआइजी सुवेदीलाई गृहमन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट अख्तियारमा पठाइएको हो ।

अपराध महाशाखा, लागुऔषध नियन्त्रण व्यूरो, मध्य क्षेत्र प्रमुख रहेर काम गरिसकेका डीआइजी सुवेदी आइजीपी उपेन्द्र अर्याल निकट अधिकृत मानिन्छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारीसमा उनलाई गृहले अख्तियार पठाएको बताइएको छ ।

यस अघि अख्तियार प्रमुखसाग खटपट भएपछि डीआइजी मल्ल आइजीपी सचिवालयमा आएका थिए । उनी अहिले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment