Comments Add Comment

हेटौंडाको नापी कार्यालयमा आगलागी, ४० घाइते

hetauda-napai-aaglagi

१० कात्तिक, हेटौंडा । मकवानपुरको हैटौंडास्थित नापी कार्यालयमा आगलागी भएको छ । आगलागी भएको सानोपोखरास्थित भवनबाट तीन दर्जनभन्दा बढीलाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीमा परि ४० जना घाइते भएको मकवानपुर प्रहरी प्रमुख एसपी मीरा चाैधरीले जानकारी दिइन् । उनका अनुसार घाइतेमध्ये एकको अवस्था गम्भीर छ । हेेटाैंडा अस्पतालमा उपचार हुन नसकेपछि गम्भीर घाइतेलार्इ चितवनको भरतपुर अस्पताल रिफर गरिएको छ ।

आगो लाग्दा सेवाग्राही र कर्मचारीहरु कार्यालयभित्रै थिए । आगलागी सुरु भएपछि भागदौड हुँदा धेरै घाइते भएका हुन् । अन्य घाइतेहरुको उपचार हेटौंडाका विभिन्न अस्पतालहरुमा भइरहेको छ । केही समान्य घाइतेहरु उपचारपछि घर फर्किएका छन् ।

hetauda-napai-aaglagi-1

बिष्फोट भएको ठूलो आवाज सुनिएलगत्तै आगो लाग्न सुरु भएको थियो । तर, के पडि्कएर आगो लागेको भन्ने नखुलेको प्रहरीले जनाएको छ ।

बिजुली सर्ट भएको वा ग्यास पडि्कएको अनुमान छ । हेटौंडा नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो।

hetauda-napai-aaglagi-2

तस्वीर: दामोदर वाग्ले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment