Comments Add Comment

दशौं गोदावरी पुष्प मेला सुरु

Godavari Puspa Mela 7
फाइल फोटो

१० कात्तिक, काठमाडौं । गोदावरी फूल प्रतियोगात्मक प्रदर्शनीको दशौं संस्करण बुधबारदेखि ललितपुरमा सुरु भएको छ ।

जावलाखेलमा आजदेखि रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि भन्ने नाराका साथ १० औं गोदावरी फूल प्रतियोगितात्मक प्रर्दशनी शुरु भएको हो । कृषि मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोशिएसको आयोजनामा भएको सो प्रतियोगितात्मक प्रदर्शनीको कृषि राज्यमन्त्री राधिका तामाङले उद्घाटन गरिन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै फ्लोरीकल्चर एसोशिएसनका उपाध्यक्ष रामजी तिमिल्सिनाले प्रर्दशनीले व्यवसायीहरुबीच प्रतिस्पर्धा गराई गुणस्तरीय बिरुवा उत्पादन तथा फूलको बजार प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे ।

उनले फूल बजार सीमित रहेको अवस्थामा आयोजना हुने यस्ता प्रतियोगिताले पुष्पप्रेमी उपभोक्ताको संख्या बढाएर बजार बिस्तार गर्न सकिने दावी दावी गरे ।

काठमाण्डौं बाहेक पोखरा, चितवन, हेटौंडा, काभ्रे र धनगढी लगायत ३९ जिल्लामा ६ सय ७५ पुष्प र्फम र नर्सरीहरु सञ्चालित छन् । देशभर एक सय ४७ हेक्टर क्षेत्रफलमा सञ्चालित पुष्प व्यवसायमा ४१ हजार भन्दा बढीले रोजगारी पाएका छन् ।

प्रदर्शनीको ३० हजार भन्दा बढीले अवलोकन गर्ने र ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकको अपेक्षा छ । प्रतियोगितात्मक प्रर्दशनीमा ३६ वटा फुलका व्यवसायिक स्टल, ३ वटा सूचनामुलक र प्रतिस्पर्धात्मक ३ वटा गरी ४२ वटा स्टल छन् । प्रर्दशनी चार दिनसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment