Comments Add Comment

खुर्सानीको धुलो छर्केर १६ लाख रुपैयाँ लुटियो

१० कात्तिक, दाङ । तुलसीपुर-१४ चैलाही निवासी दुर्गा लामिछानेले आफ्नो साथबाट १६ लाख रुपैयाँ लुटिएको बताएका छन् ।

tulsipur-policeमोटरसाइकल चढेर आएका तीनजना आँखामा खुर्सानीको धुलो हालिदिएर १० लाख भारु (१६ लाख नेपाली रुपैयाँ) लुटेको लामिछानेले बताए ।

लामिछाने बुटवल बस्त्रालयका कर्मचारी हुन् । बस्त्रालयका प्रोपाईटर राजकुमार श्रेष्ठले लामिछानेलाई सो रकम कृष्णनगर भन्सारमा पठाउनका लागि दिएको बताएका छन् ।

लामिछानेले तुलसीपुर बसपार्कमा पुगेका बेला नकाबधारी व्यक्तिले आँखामा खुर्सानीको धुलो हालिदिएर रकम लुटेको बताएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

लामिछाने तुलसीपुर प्रहरीको नियन्त्रणमा छन् । तथ्य कुरा पत्ता लगाउन अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment