Comments Add Comment

महाअभियोग प्रस्तावमा सहमति खोज्न प्रमुख तीन दलको बैठक जारी

prachand-kp-oli-and-sher-bahadur-deuba
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी प्रमुख तीन दलको बैठक । तस्वीर: प्रधानमन्त्रीको सचिवालय

१० कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबारे छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको संयुक्त बैठक बसेको हो । बैठकमा महाअभियोगको प्रस्ताव र संविधान संशोधनका विषयमा केन्द्रित रहेर छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए ।

यही कात्तिक ३ गते १५७ सांसदहरुको हस्ताक्षरसहित कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएको थियो । माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाही प्रस्तावक र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक रहेको महाअभियोग प्रस्तावमा मंगलबारको संसद बैठकमा छलफल सुरु भएको थियो । तर, सो प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा नपठाई संसद बैठक १६ दिनसम्मलाई स्थगित गरिएको छ ।

यो बीचमा महाअभियोगको प्रस्तावमा राजनीतिक सहमति जुटाउन पहल गर्ने दलका नेताहरुले बताएका छन् । सत्तारुढ माओवादी केन्द्र र प्रमुख विपक्षी नेकपा एमाले महाअभियोग प्रस्तावको पक्षमा रहे पनि कांग्रेसले अझै निर्णय गरिसकेको छैन ।

महाअभियोग प्रस्ताव संसदबाट पारित गर्न कुल सांसद सदस्यहरुको दुई तिहाई बहुमत चाहिन्छ । हाल ५९५ सांसदहरु छन् । दुई तिहाई बहुमतका लागि ३९७ मत चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment