Comments Add Comment

रक्सी खाएर कार चलाउने फुटबलर पक्राउ

ridgewel

काठमाडौं । मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पि्रमियर लिगका पूर्व डिफेण्डर लियाम रिडगेवेल अमेरिकामा पक्राउ परेका छन् ।

अमेरिकाको फुटबल लिग एमएलएस अन्तर्गतको टोली पोर्टल्याण्ड टिम्बर्सका कप्तान ३२ बर्षीय रिडगेवेललाई उनका साथी ज्याक ग्लीसनसँगै पक्राउ गरी ओरेगानस्थित क्लाकामास काउन्टी कारगारमा राखिएको छ ।

अमेरिकी पत्रिका ओरेगानलाइभका अनुसार दुवै खेलाडीलाई अदालतले ६ हजार १७५ पाउण्ड धरौटी माग गरेको छ । उनीहरुबिरुद्धको मुद्धामा पहिलो सुनुवाई आगामी नोभेम्बर १६ मा हुनेछ ।

रिडगेवेलले इंग्लिस क्लव एष्टोन भिल्लाबाट करिअर सुरु गरेका थिए । पाँच बर्ष क्लवमा बिताएपछि उनी सन् २००७ मा भिल्लाको प्रतिद्धन्दी क्लव बिर्गिंघममा अनुबन्ध भएका थिए । त्यहाँ रहँदा उनले लिग कप फुटबलको उपाधि जितेका थिए ।

त्यसपछि उनी सन् २०१४ मा अमेरिकाको पोर्टल्याण्ड टिम्बरमा अनुबन्ध अुनुअघि केहि समय वेष्टब्रुमबाट पनि खेलेका थिए ।

यी इंग्लिस डिफेण्डरले टिम्बरल्याण्डबाट गत सिजन एमएलएस कपको उपाधि जितेका थिए । तर यो सिजन भने टिम्बरल्याण्ड प्लेअफबाटै बाहिरिएको थियो ।

सन् २०१२ मा सार्वजनिक भएको रिडगेवेलको एक तस्वीरले त्यतिबेला निक्कै हंगामा मच्चिएको थियो । त्यस तस्वीरमा उनले दिशा गरी बीस पाउण्डको नोटले पुछेका थिए । तस्वीरमा चर्पीको फ्लसनजिकै बीस पाउण्डका थुपै्र नोट छरिएको देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment