Comments Add Comment

व्यापार घाटाः तीन महिनामै ८० प्रतिशतले बढ्यो

Birgung-Naka 1
१० कात्तिक, काठमाडौं । देशले आत्मनिर्भताको बाटो खोजिरहेका बेला व्यापार घाटा थप चुलिएको छ । निर्यातको तुलनामा आयात अत्याधिक बढेकोले व्यापार घाटा चुलिएको हो ।

चालु आर्थिक वर्ष २०७३/७४ को ३ महिना अर्थात् असोज मसान्तसम्ममा नेपालको कुल वैदेशिक व्यापार घाटा ८० प्रतिशतले व्यापार घाटा बढेको छ ।

असोजसम्ममा नेपालले विभिन्न देशहरुसँग २ खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको सामान किनेको छ भने सो अवधिमा नेपालले विभिन्न देशलाई १९ अर्ब रुपौयाँको सामान बेचेको भन्सार विाभगले जनाएको छ । बेचेको सामान भन्दा किनेको सामानको अनुपात ८० प्रतिशतले बढी हो ।

विभागकाअनुसार यो असोजसम्ममा नेपालले गत वर्षको असोजको भन्दा ७० प्रतिशतले सामान बढी आयात गरेको छ । त्यस्तै, यस अवधिमा ८ प्रतिशतले बढी निर्यात गरेको छ ।

०७२ असोजमा नेपालले गत वर्ष विदेशबाट १ खर्ब २९ अर्बको सामान किनेको गरेको थियो । सो अवधिमा १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको सामान बेचेको थियो ।

नेपालले चालु आर्थिक वर्षको तीन महिनामा मात्रै २ अर्ब १ करोड रुपैयाँको घाटा व्यहोरेको छ । गत वर्ष यसै अवधिमा नेपालले १ खर्ब ११ करोड रुपैयाँले व्यापार घाटा थियो ।

यो असोजसम्ममा नेपालले कुल २ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । तर, गत वर्षको सोही अवधिसम्म नेपालले कुल १ खर्ब ४६ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

चालु आर्थिक वर्षको असोजमसान्तसम्ममा नेपालले गरेको व्यापार वृद्धिदर गत वर्षको सोही अवधिसम्मको भन्दा ६३ प्रतिशतले बढी हो ।

नाकाबन्दीको प्रभाव

चालु आर्थिक वर्ष नेपालको व्यापार घाटा ८० प्रतिशतले बढ्नुको प्रमुख कारण भनेको गत वर्षको यसै अवधिमा भारतले लगाएको नाकाबन्दी भएको विभागका प्रवक्ता कुलराज ज्ञावालीले बताए ।

नाकाबन्दीका कारण गत वर्ष वैदेशिक व्यापार अत्यन्त्यै कम भएकाले प्रतिशतका आधारमा यो वर्ष व्यापार घाटा उच्च देखिएको उनले जानकारी दिए ।

‘नियमितरुपमा गत वर्ष सामान आयात र निर्यात भएको भए अहिलेको यो वृद्धिदर २० देखि ३० प्रतिशतभन्दा बढी हुने थिएन,’ ज्ञावालीले भने ।

भारतसँग मात्रै १ खर्ब ३३ अर्बको व्यापार घाटा

चालु आर्थिक वर्षको तीन महिनामा मसान्तसम्ममा मात्रै नेपालको वैदेशिक व्यापार घाटा भारतसँग १ खर्ब ३३ अर्ब रुपैयाँले बढेको छ ।

नेपालले असोज मसान्तसम्म मात्र भारतसँग १ खर्ब ४३ अर्बको सामान किनेको छ । तर, नेपालले भारतलाई सोही अवधिमा १० अर्ब ३९ करोड रुपैयाँको सामान बेचेको भन्सार विभागले जनाएको छ ।

यसैगरी दोस्रो ठूलो व्यापार घाटा भने चीनसँग रहेको छ । असोज मसान्तसम्म चीनसँगको व्यापार घाटा भने ३२ अर्ब ७१ करोड रुपैयाँ छ । चीनसँग नेपालले असोज मसान्तसम्म ३३ अर्ब १० करोड रुपैयाँको सामान किनेको छ भने ३८ करोड ३९ लाख रुपैयाँको सामान बेचेको छ ।

११८ देशसँग व्यापार घाटा

विभागका अनुसार नेपालले कुल १ सय ५३ देशसँग वैदेशिक व्यापार गरिरहेको छ । अधिकांश देशसँग नेपालले घाटको व्यापार गर्दै आएको भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको विवरणलाई हेर्दा नेपालले चालु आर्थिक वर्षको असोज मसान्तसम्म अमेरिका र बेलायतसहित ३५ देशसँगको व्यापार भने फाइदा छ । व्यापार घाटाको तुलनामा व्यापार नाफाको परिमाण भने निकै ठूलो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment