Comments Add Comment

३ लाखभन्दा बढी मूल्यका पटाका ललितपुरबाट बरामद

pataka

१० कात्तिक, काठमाडौं । ललितपुर प्रहरीले तिहारका लागि ल्याइएको १६ कार्टुन पटाका ललितपुरबाट बरामद गरेको छ । पटाकासँगै तीन कारोबारीपनि पक्राउ परेका छन् ।

ललितपुरको गुसिंगालबाट ३ लाख २० हजार मूल्य पर्ने १६ कार्टुन पटाकासँगै तीन जनालाई पक्राउ गरी कानूनी कारबाही गरिएको ललितपुर प्रहरीले जनाएको छ । पटाका नष्ट गरिएको छ ।

तिहारको बहानामा पटका, आतिसबाजी जस्ता विष्फोटक पदार्थको प्रयोग नगर्न ललितपुर प्रहरीले सबैमा आग्रह गरेको छ । पटका तथा आतिसबाजी जस्ता विष्फोटक पदार्थले आगोलागी हुने, मान्छेको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकोले प्रयोग नगर्न बिज्ञप्तिमार्फत अपील गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment