Comments Add Comment

देवकोटा काव्यिक पुरस्कार धनराज, प्रभा र लक्ष्मणलाई

sahityakar-puraskar

काठमाडौं । यस वर्षको महाकवि देवकोटा काव्यिक पुरस्कार गजलकार धनराज गिरी, कवि प्रभा भट्टराई र हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागेलाई दिइने भएको छ ।

नेपाल सांस्कृतिक संघ डिल्लीबजारले दिने पुरस्कारको राशि जनही पाँच-पाँच हजार रुपैयाँ छ । संघको बोर्ड बैठकबाट सो निर्णय भएको बोर्ड समितिका सदस्य एवम् कवि रमेश खकुरेलले जानकारी दिए ।

पुरस्कार तिहारको लक्ष्मीपूजाको दिन आउँदो आइतबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारी संघको सभाकक्ष डिल्लीबजारमा वितरण गरिने कार्यक्रम छ । सो अवसरमा विशेष कविगोष्ठी पनि आयोजना गरिने खकुरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment