Comments Add Comment

यूनाइटेड सिमेन्ट्सले दियो राजमिस्त्रीलाई प्रशिक्षण

united-cements-training
१० कात्तिक, काठमाडौं । यूनाइटेड सिमेन्ट्सले राजमिस्त्री तथा निर्माण व्यवसायीलाई लक्षित गरी भुकम्प प्रतिरोधात्मक निर्माण तथा रेट्रो फिटिङ सम्बन्धी प्राविधिक जानकारी गराएको छ ।

भक्तपुरमा ठूलो संख्यामा राजमिस्त्री तथा ठेकेदार भेला गरी सो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा निर्माणकर्मीलाई मजबुत निर्माण गर्न प्रेरित गरिएको थियो ।

उद्योगले उनीहरुलाई गुणस्तरीय निर्माण सामाग्री मात्र प्रयोग गर्न पनि सुझाव दिएको छ । कम्पनीले निर्माणकर्मीको सम्मान स्वरुप सिमेन्ट उद्योग जगतमै पहिलोपटक विशेष योजना प्रारम्भ गरेको छ ।

ललितपुरको लेलेमा आˆनै चुनढुंगा खानीबाट उत्खनन् गरी ओपिसी सिमेन्टमात्र उत्पादन गर्दै आएको ‘यूनाइटेड सिमेन्ट’ ब्राण्डले नेपाल गुणस्तर चिन्ह प्राप्त गरी सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment