Comments Add Comment

बर्षाकाे ‘आजकाे डायरी’: दिदी-भिनाजुसँग स्विमिङदेखि बर्थ डेमा मस्तीसम्म

barsha-raut
म सधै नै बिहान ६ बजे उठ्छु । उठ्ने वित्तिकै मेरो पारिवारिक समय सुरु हुन्छ । भाइहरुसँग गफगाफ गर्दैमा बिहानको समय वित्छ । मलाई परिवारसँग बसेर गफ गर्न खुबै मनपर्छ ।

यसपछि बल्ल म फ्रेस भएँ । यसपछि खाना खाएर बाहिर निस्कन तयार भएँ । मेरो अहिले अष्ट्रेलियाबाट दिदी-भिनाजु आउनु भएको छ । दिदी भिनाजुलाई लिएर गोकर्ण घुम्न गएँ ।

एकदमै रमाइलो भयो । हामीले त्यहाँ गल्फ खेल्यौ, स्विमिङ गर्‍यौ, जंगल सफारी गर्‍यौ ।एकदमै रमाइलोसँग वित्यो यो पल । त्यहाँबाट दिदी-भिनाजुलाई घर छाडेर केही मिडियामा अन्र्तवार्ताका लागि पुगेँ । चलचित्र ‘जात्रा’ रिलिज हुन लागेकाले पनि प्रचारको दौडधुप नै छ ।

यो चलचित्रलाई लिएर मेरो अपेक्षा पनि उच्च छ । चलचित्रका अर्का कलाकार विपिन कार्की र म भएर केही मिडियामा अन्र्तवार्ता दियौं । मिडिया कुराकानी सकेर म सिधै साथीको बर्थ डेमा आइपुगेकी छु ।

barsha

मेरी साथी कविताको बर्थ डे परेकाले झम्सिखेलमा उसलाई सरप्राइज दिन आइपुगेकी हुँ । उसलाई मैले सरप्राइज केक गिफ्ट ल्याइदिएकी छु ।
यहाँ निकै रमाइलो भैरहेको छ । साथीहरुसँग मस्ती गरेर म घर जान्छु । घर पुगेपछि फेरि मेरो पारिवारिक समय नै सुरु हुन्छ । बेलुकी म खाना खाँदिनँ । यसैले, केहि समय मोबाइल चलाएर १० बजेसम्म सुतिसक्छु ।

पहिले म साउथ इन्डियन चलचित्र हेर्थेँ । सुत्दा ११-१२ बज्थ्योँ । तर, अहिले केहि चाडै सुत्ने भएकी छु । आजको दिन रमाइलो गरेर वित्यो । यस्तो, रमाइलो दिन सधै आउँछ भन्ने पनि छैन । यसैले आजको दिनलाई म ५ मा ४ दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment