Comments Add Comment

लोकमानको सचिवालयमा दुई जनामात्र बाँकी, पुलिस पनि हटाइए

Akhtiyar१० कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सचिवालयमा रहेका १० प्रहरी अधिकृतहरुलाई फिर्ता गरिदिएको छ ।

ति प्रहरी अधिकृतहरु आयोगका लागि काम नलाग्ने भन्दै प्रहरी हेडक्वाटर फिर्ता पठाएको अख्तियार स्रोतले बताएको छ ।

यसअघि अख्तियारमा विज्ञको रुपमा नियुक्ति पाएका कार्कीकी छोरी आध्याश्री सहित १२ जना पनि हटाइएको थियो ।

लोकमानसिंह कार्कीको सचिवालयमा रहेका ११ जना प्रहरीमध्ये डिएसपी दानबहादुर थापा बाहेक बाँकी सबैलाई हेडक्वाटर फिर्ता पठाइदिएको स्रोतको दावी छ ।

फिर्ता पठाइएका प्रहरी अधिकृतहरुमा इन्स्पेक्टरहरु ठगबहादुर केसी, जयश्वर रिमाल, रञ्जन दाहाल, रञ्जन बस्नेत, सुरज पौडेल लगायत छन् ।

यससँगै कार्कीको सचिवालयमा अब निजामती सेवाका एकजना एकजना अधिकृत र नायव सुब्बामात्र बाँकी छन् ।

यो पनि पढ्नुस्

अख्तियारले लोकमानकी छोरीसहित १२ ‘विज्ञ’लाई हटायो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment