Comments Add Comment

कोइरालाद्वारा प्रधानन्यायाधीशको आलोचना, देउवालाई रोक्न खोजेको आशंका

shekhar-koirala

१० कात्तिक, बुटवल । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाअभियोगबारे कांग्रेसले ढिलो तर, सहि निर्णय गर्ने बताएका छन् । साथै उनले प्रधानन्यायाधीश सुशीला कार्कीको पनि ओलाचना गरे ।

कांग्रेस क्षेत्र नं. ४ रुपन्देहीले बुधबार बुटवलमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता कोइरालाले अख्तियार मुख्य आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने विषयमा कांग्रेसले कसैको लहैलहैमा लागेर निर्णय नगर्ने बताए ।

‘काग्रेस कुनै पनि विषयमा अरुको हो-हल्ला हतार र लहडमा निर्णय गर्ने पार्टी होइन’ कोइरालाले भने, ‘हामी सहि निर्णय गछौं तर, समय आएपछि ।’

उनले महाअभियोग संविधान संशोधन रोक्नका लागि गरिएको प्रपञ्च हुन सक्ने आशंका व्यक्त गरे ।

लोकमान असल मान्छे नभएपनि अर्को नराम्रो काम लुकाउनका लागि कांग्रेस गोटी बन्न नहुने उनको तर्क छ । ‘लोकमान राम्रो मान्छे हुँदै होइन, मैले नियुक्ति गर्ने वेलामा पनि भनेको थिए,’ उनले भनेका छन्, ‘त्यतिवेला को को कहाँकहाँ बाट सञ्चालित भयो र अहिले किन हटाउन खोजिँदै छ ? त्यसको अध्ययन हुन जरुरी छ ।’

सरकारको नेतृत्व गरिरहेको माओवादीले सत्ता साझेदार काग्रेससँग कुनै सल्लाह नै नगरी एमालेसँग साँठगाँठ गरेको भन्दै उनले यो गलत भएको बताएका छन् ।

माओवादीसँग भएको लिखित सहमति विपरित शेरबहादुर देउवालाई प्रधानमन्त्री हुनबाट रोक्ने प्रयास हुन सक्ने भन्दै उनले यस विषयमा गहिरोसँग अध्ययन गर्नुपर्ने उनले बताए । ‘देउवालाई प्रधानमन्त्री हुन नदिने या कतै संविधान रोक्न खोजिएको त होइन ?’ उनले भने ।

‘प्रधानन्यायाधीश पनि गलत बाटोमा’

कांग्रेस नेता कोइरालाले प्रधानन्यायाधीश सुशीला कार्की पनि गलत बाटोमा हिडेको प्पिणी गरेका छन् । उनले भने, ‘प्रधानन्यायधीशले ईन्टरभ्यू दिनै मिल्दैन । जबकी लोकमानको मुद्दा अदालतमा छ, त्यस्तो वेलामा ईन्टरभ्यू दिन मिल्छ की मिल्दैन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment