Comments Add Comment

लोकमानका कारण तीनदलमा एकता, पहिलोपटक ओली बालुवाटार !

three-party-leader

१० कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगसँगै विकसित राजनीतिक घटनाक्रमबारे प्रमुख तीन दलका शीर्ष तीन नेताबीच छलफल भएको छ ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्षको पहलमा बुधबार बालुवाटारमा भएको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।

आफूलाई हटाएर माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि ओली बालुवाटार गरेको पहिलो पटक हो । यसअघि बालुवाटारमा बसेको प्रमुख दलहरुको बैठकमा ओली सहभागी भएका थिएनन् ।

तर, लोकमानविरुद्धको महाअभियोगलाई लिएर प्रचण्ड र ओलीबीच लगातार छलफल हुँदै आएको छ ।

कांग्रेस सभापति देउवा समेत उपस्थित छलफलमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा प्रस्तुत महाअभियोग, संविधान संशोधन तथा कार्यान्वयनबारे कुराकानी भएको थियो ।

बुधबारको बैठकमा तीन दलका तीन शीर्ष नेताबीच सम्वाद जारी राख्ने समझदारी भएको छ । बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले समसामयिक विषयमा छलफल भएको भन्दै मिलेर जाने समझदारी बनेको जानकारी दिए ।

साथै संविधान संशोधन, कार्यान्वयन, महाअभियोग लगायतका विषय सहमतिका आधारमा टुंगो लगाउन सकारात्मक छलफल प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment