Comments Add Comment

रङले लेला ज्यान !

११ कात्तिक, काठमाडौं । रङ मन नपर्ने सायदै कोही होला । यसले छिटै आकर्षण गर्छ ।

colorful_6हेर्दा अनन्द पनि लाग्छ । तर त्यही रङ चम्किलो र छिटै सुकाउन अत्याधिक सिसा (लेड) मिसाउँदा विष सावित हुन थालेको छ ।
सिसायुक्त रङ मानव स्वास्थ्यका लागि हानिकारक हुन्छन् ।

बजारमा छ्याप्छ्याप्ती पाइने मापदण्डविपरीतका अत्याधिक सिसायुक्त रङका कारण मानव स्वास्थ्यमा घातक असर पर्न थालेको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्ययनले बजारमा पाइने रङका कारण  सबैभन्दा घातक असर बालकालिकाको स्वास्थ्यमा पर्न थालेको  देखाएको आजको अन्नपूर्णमा समाचार छ ।

सिसायुक्त रङले बालबालिकाको शारीरिक, मानसिक र वौद्धिक विकासमै अवरोध पुर्‍याउने क्यान्सर तथा मुटुरोगको जोखिम बढाउने पुष्टि गरिसक्दा पनि यसको गुणस्तर मापन अनुगमन र नियन्त्रणमा सरकारले कुनै कदम चालेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment