Comments Add Comment

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय बैठक आज

Prakash-saran-and-Sushma-Swaraj
फाइल फोटो

११ कात्तिक, काठमाडौं । नेपाल र भारतबीच विगतका सहमति तथा सम्झौताका विषयमा परराष्ट्रमन्त्रीस्तरीय बैठक बिहीबार हुँदै छ ।

आज हुने नेपाल र भारतका परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत तथा भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले नेतृत्व गर्नेछन् ।

बैठकमा दुवै देशका अर्थ वाणिज्इ, उद्योग जलश्रोत उर्जा मन्त्रालयका अधिकारीहरु सहभागी हुनेछन् ।

बैठक विगतमा भएका दुई पक्षीय सहमति र सम्झौताको चार बृहत् विषय कार्यान्वयमा केन्द्रित हुने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले जनाए ।

सीमा विवाद एवं सीमाको व्यवस्थापन, व्यापार र वाणिज्य, उर्जा एवं जलश्रोत तथा संस्कृति तथा सञ्चारलगायतका विषयमा छलफल हुने जनाइएको छ ।

यसअघि बुधबार परराष्ट्रका सचिवस्तरीय छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment