Comments Add Comment

यी हुन् विश्वकै सबैभन्दा हट गणित शिक्षिका (फोटोफिचर सहित)

worlds-hottest-maths-teacher-1स्कुलमा पढाउनेे सुन्दर शिक्षिकाहरुमा तन्नेरी छात्रहरुको आँखा पर्नु अस्वभाविक होइन । तर एकजना शिक्षिका यस्ती छिन् जसमाथि केवल उक्त विद्यालयका छात्रहरुको मात्र होइन सबैको आँखा लागेको छ । ती शिक्षिका दुनियाकै सबैभन्दा सुन्दर गणित शिक्षिकाको रुपमा सोसल मिडियामा छाइरहेकी छिन् ।

बेलायतको मिनिस्कमा बस्ने ओक्साना नेभेसेलाया पेशाले गणित शिक्षिका हुन् । तर उनी आफ्नो शिक्षण कलाका कारण नभै आफ्नो हट फिगर तथा सुन्दरताका कारण चर्चाको शिखरमा पुगेकी छिन् ।

worlds-hottest-maths-teacher-2ओक्सानाले हालै आफ्नो मलेसिया भ्रमणका केही तस्वीरहरु सोसल मिडियामा शेयर गरिन् । ती तस्वीर यति भाइरल बने की तस्वीरहरुमा कमेन्ट तथा लाइकको बाढी नै आयो ।

आफ्नो एक हट फोटोमा उनी सनबाथ गरिरहेको अवस्थामा देखिएकी छिन् । जसमा उनले बिकिनी लगाएकी छिन् । मानिसहरुले उनको उक्त तस्वीर खुबै रुचाएका छन् ।

सोसल साइटमा यी तस्वीर भाइरल बनेसँगै ओक्सानालाई विश्वकै सबैभन्दा सुन्दर र हट गणित शिक्षिका भन्न थालिएको छ । विश्वका मानिसहरुले आफ्ना तस्वीर मन पराएकोमा र आफुलाई दुनियाकै हट शिक्षिका भनेकोमा उनी मख्ख छिन् । worlds-hottest-maths-teacher-3 worlds-hottest-maths-teacher-4 worlds-hottest-maths-teacher-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment