Comments Add Comment

रोबोट ओलम्पिक सन् २०२० मा

robot-olympicsजापानमा सन् २०२० मा गृष्मकालीन ओलम्पिक खेल हुनेछ । तर जापानले उक्त वर्ष केवल मानिसहरुको खेल महामेलाको मात्र आयोजना गर्नेछैन, सोही वर्ष जापानमा रोबोट ओलम्पिक पनि हुनेछ । वल्र्ड रोबोट समिटको नाममा हुने उक्त रोबोट ओलम्पिकमा एक से एक रोबोटहरु विभिन्न खेल प्रतियोगितामा उपाधिका लागि भिड्नेछन् ।

जापानको व्यापार मन्त्रालयले आयोजना गर्ने रोबोट ओलम्पिक रोबोटहरुको प्रतियोगिता र प्रदर्शनीका रुपमा हुनेछ । जापान सरकारका अनुसार रोबोट समिटमा विभिन्न मानवीय तथा औद्योगिक रोबोटहरुको सहभागिता हुनेछ ।

प्रतियोगिताको एकिन तिथी तथा आयोजनास्थल अझै तोकिएको छैन । मन्त्रालयले प्रतियोगितामा सहभागिताका लागि जापानका विभिन्न सहरहरुमा रहेका चर्चित रोबोट कम्पनीहरुलाई आह्वान गरिरहेको छ ।

रोबोट प्रविधिमा विश्वकै अग्रणी जापानले हालै अन्तरिक्षमा सम्वाद गर्ने रोबोट पठाएको छ । उक्त रोबोटले जापानी अन्तरीक्षयात्री कोइची वाकातासँग कुराकानी गर्नेछ ।

जापानले देशको श्रमशक्तिको अभाव पूर्ति गर्नका लागि पछिल्ला दिनहरुमा भान्सा तथा कृषि कार्यमा समेत रोबोटको प्रयोग गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment