Comments Add Comment

४ वर्षमै १ सय सन्तानका पिता बने यी पुरुष

आखिर कुनै पुरुष ४ वर्षमै कसरी एक सय सन्तानको बाउ बन्न सक्छ ? सायद पत्यार नलाग्न सक्छ । तर अमेरिकामा भने एकजना पुरुषले ४ वर्षमै १ सय सन्तानको जन्म दिएका छन् । ३७ वर्ष उमेरका ती पुरुषले पछिल्लो ४ वर्षमा १ सय बच्चा जन्माएका हुन् ।

mait-stoneनर्थ क्यारोलिनामा बस्ने म्याट स्टोनले बिहे गरेर आफ्ना श्रीमतीहरुबाट यति धेरै बच्चा जन्माएका चाहीँ होइनन् । स्टोनले पछिल्लो चार वर्षदेखि आफ्नो शुक्रकिट दान गरिरहेका छन् र उनको शुक्रकिटबाट अहिलेसम्म कैयन् महिलाहरुले सन्तानलाभ गरिसकेका छन् र उनको शुक्रकिटबाट अहिलेसम्म एक सय जना बच्चाको जन्म भैसकेको छ ।

आश्चर्यको कुरा त के भने स्टोन आफ्नो शुक्रकिट निशुल्क दान गर्दछन् । आफुले दर्जनौँ दम्पत्तिहरुलाई सन्तानसुख दिन सकेकोमा स्टोन खुसी छन् ।

पेशाले आइटी विज्ञ स्टोन आफु शुक्रकिट दाता भएर मानिसहरुको सहयोग गर्न पाएकोमा गर्व गर्छन् । आफ्नो शुक्रकिटबाट बच्चा जन्माएका कैयन् मानिसहरुले आफुलाई चिन्ने उनी बताउँछन् । कतिपयले आफ्नो पहिचान लुकाउने र कतिपयले आफुसँग सोझै आएर सहयोग माग्ने गरेको उनको अनुभव छ । कतिपयले चाहीँ सोसल मिडियामार्फत सम्पर्क गरेर उनीसँग सहयोग माग्ने गरेका छन् ।

निसन्तान दम्पत्ति तथा सन्तान चाहने एकल महिलाहरुलाई सहयोग गर्न पाउँदा आफुलाई खुसी लाग्ने उनी बताउँछन् । तर आफ्नो शुक्रकिटको गलत प्रयोग नहुने कबुल गराएर मात्र उनले शुक्रकिट दान गर्ने गर्दछन् । शुक्रकिट दान गर्नुअघि उनले दम्पत्तिहरुलाई उनीहरुको सम्पत्ति तथा आयको बारेमा पनि सोध्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment