Comments Add Comment

यी हुन् पुरुषमा मुटुरोगका ७ लक्षण, नगर्नुस् हेलचेक्राइँ

Heartपहिले पहिले पुरुषमा मुटु सम्बन्धी रोगलाई केवल बुढेशकालको रोग भनिन्थ्यो । तर पछिल्लो समयमा बदलिँदो जिवनशैली तथा खानपान लगायतका कारण ३० वर्षकै उमेरदेखि नै मुटु सम्बन्धी विभिन्न खाले समस्याले सताइएका पुरुषहरुको संख्या निकै बढिरहेको छ ।

यदि समयमै मुटु सम्बन्धी रोगको पहिचान गरी त्यसको उपचार सुरु गर्नेहो भने हृदयाघात लगायतका जटिल समस्याबाट बच्न सकिन्छ । तर यदि मुटुरोगका प्रारम्भिक लक्षणलाई नजरअन्दाज गर्नेहो भने नतिजा प्राण्घातक हुनसक्छ । त्यसैले पुरुषमा मुटु सम्बन्धी रोगका यी ७ लक्षण देखिएमा कदापि नजरअन्दाज नगर्नुस् र शिघ्र चेकजाँच गराइहाल्नुस्ः

थकानः थोरै काम गरेपछि पनि थकाइ महसुस हुने, कमजोरी हुने र स्वास फूल्ने समस्या छ भने त्यो मुटुरोगको लक्षण हुनसक्छ ।

धेरै पसिना आउनेः सधै मन डराउने र जिउबाट धेरै पसिना निस्किने गर्दछ भनेपनि होसियार हुनहोस् ।

एसिडिटीः लगातार धेरै दिनसम्म पेट खराब हुने र एसिडिटीको समस्या हुनु पनि मुटुरोगको लक्षण हुनसक्छ ।

गर्दन तथा काँध दुख्नुुः  जिउमा रक्तसंचार राम्रोसँग नहुनाले गर्धन तथा काँधमा दुखाइ बढ्दछ । यो पनि मुटुरोगको संकेत हुनसक्छ ।

छाति दुख्नुः  लगातार धेरै दिनसम्म छातिको माथिल्लो भाग दुख्नु र पसिना आउनु मुटुरोगको संकेत हुनसक्छ ।

छाला पहेँलो हुनुः  विस्तारै छाला पहेँलो हुँदै जानु पनि मुटुरोगको लक्षण हुनसक्छ ।

उच्च रक्तचापः  रक्तचाप उच्च भइरहँदा प्रायः मुटुरोगको जोखिम बढ्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment