Comments Add Comment

सिरियाको एक स्कुलमा हवाइ आक्रमण, २० बालबालिकाको मृत्यु

sirya११ कात्तिक, काठमाडौं । उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको एक गाउँमा भएको हवाइ हमलामा बीस भन्दा धेरै स्कुले बालबालिकाको मृत्यु भएको छ ।

हवाइ हमला गरिएको इदलिब प्रान्तको हास गाउँ विद्रोहीको गढका रुपमा मानिन्छ ।

हमलामा एक स्कुल तथा रिहाइशी क्षेत्रलाई निशाना बनाइएको थियो । संयुक्त राष्ट्रसंघको यूनिसेफ शाखाले नियोजित रुपमा स्कुललाई निशाना बनाइनु युद्ध अपराध भएको बताएको छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसका दूत विताली चूरकिनले यस हमलामा रुस संलग्न नभएकोमा आफू विश्वस्त रहेको बताए ।

सिरियाको सरकारी सञ्चारमाध्यमले हमलाबारे जानकारी दिदै चरमपन्थीको गढमा हमला गरिएको र जसमा बिद्रोहीको मृत्यु जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment