Comments Add Comment

अख्तियार अब सामूहिक निर्णयबाट चल्ने

akhtiyar-ciaa-nepal

११ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग अब सामूहिक निर्णयबाट चल्ने भएको छ ।

हाल निलम्बनमा रहेका प्रमुख लोकमान सिंह कार्कीले पाँच जना आयुक्तलाई भूमिकाविहीन बनाउँदै एकलौटी निर्णय गर्ने गरेका थिए । यतिसम्म कि ठूला र महत्वपूर्ण भनिएका मुद्दामा आयुक्तहरुले आयोगको निर्णय पत्रकार सम्मेलन भएपछि सञ्चार माध्यम हेरेर मात्र थाहा पाउँथे ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि कार्की हाल निलम्बनमा छन् र दीप बस्न्यात कार्यबाहक प्रमुख छन् ।

बस्न्यातको अध्यक्षतामा बसेको हालैको बैठकले अख्तियारको कामकारबाही सामूहिक निर्णयका आधारमा गर्ने निर्णय गरेको छ । यसका लागि सातामा दुई दिन बैठक बस्नेछ । łहप्तामा दुई दिन बार नै तोकर बैठक बस्ने निर्णय भएको छ र आयोगको निर्णय अब सामूहिक हुन्छ,’ आयोग स्रोतले अनलाइनखबरसँग भन्यो ।

यद्यपि कुनै आकस्मिक कदम चाल्नु परेमा भने आयोगको बैठक आकस्मिक रुपमा बस्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment