Comments Add Comment

‘दरौंदी ए’बाट उत्पादन हुने आधा विजुली खेर जाने

कात्तिकभित्रै दरौंदीको ३ मेगावाट विजुली बाल्न पाइने

daraudi-a-hydropower
११ कात्तिक, काठमाडौं । कात्तिक महिनाभित्रै गोर्खाको मुच्चोकस्थित दरौंदी खोलाबाट ६ मेगावाट विजुली व्यावसायिक उत्पादन हुने भएको छ । कालिका पावर कम्पनीले १ अर्ब २५ करोड रुपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न गरेको हो ।

आयोजनाको विद्युत् व्यावसायिकरुपमा उत्पादन सुरु भएपछि गोरखाभर लोडसेडिङ नहुने बताइएको छ ।

तर, नेपाल विद्युत प्राधिकरणको गोर्खा बजारको सबस्टेसनमा रहेको ट्रान्सर्फमरको क्षमता ३ मेगावाटको मात्रै भएकाले आयोजनाबाट प्राधिकरणले ३ मेगावाट मात्रै विजुली किन्ने भएको छ ।

daraudi-a-hydropower4
विद्युत प्राधिकरणले सोे सवस्टेसनलाई क्षमता बढाएर ८ केभीए क्षमताको बनाउने काम सुरु गरिसकेको छ । ‘सबस्टेसनको क्षमता विस्तार हुन केही महिना लाग्ने भएकाले यो आयोजनाबाट उत्पादिन आधा विजुली त्यसै खेर जाने भएको हो,’ कालिका पावरका सञ्चालक पदम गुरुङले अनलाइनखबरसँग भने ।

आयोजनाले दशैं अघिदेखि नै विभिन्न चरणमा परिक्षण उत्पादन गरिरहेको छ । आगामी एक हप्ताभित्र परिक्षण उत्पादन सम्पन्न गरी विद्युत प्राधिकरको गोर्खा सबस्टेसनमा जडान गरिने आयोजना निर्माण गर्ने गुरुङले बताए ।

‘असोज २२ गतेदेखि परिक्षण उत्पादन सुरु गरिरहेका छौं । आगामी एक हप्तामा परिक्षण उत्पादन पुरा गरिने छ । र, त्यसपछि १५ दिन विद्युत प्राधिकरणलाई पि|mमा दिन्छौं,’ गुरुङले भने, ‘कात्तिक अन्तिमदेखि व्यावसायिकरुपमा आयोजनाको बिजुली बल्छ ।’

daraudi-a-hydropower2
आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले हिउँदमा प्रतिमेगावाट ८ रुपैयाँ ४० पैसा र वर्खायाममा ४ रुपैयाँ ८० पैसामा बिक्री गर्ने सम्झौता भएको छ ।

भूकम्प र नाकाबन्दीले एक वर्ष ढिलो

तीन वर्षअघि सुरु भएको आयोजना गत वर्ष नै सम्पन्न गर्ने लक्ष्य थियो । तर, भूकम्प र भारतीय नाकाबन्दीका कारण आयोजना निर्माण गर्न एक वर्ष ढिलो भएको उनले जानकारी दिए ।

daraudi-a-hydropower3
यो आयोजनाको निर्माणस्थल ०७२ बैशाख १२ गते गएको विनासकारी भूकम्पको केन्द्रविन्दू बारपाकबाट २० किलोमिटर दक्षिण र गोरखा बजारबाट ५० किलोमिटर उत्तरमा पर्छ । ‘त्यत्रो ठूलो भूकम्प जाँदा पनि आयोजनाको भौतिक संरचनामा भने कुनै असर गरेन,’ उनले भने ।

१ अर्ब २५ करोड लागत

आयोजना निर्माण गर्न १ अर्ब २५ करोड रुपैयाँ खर्च भएको गुरुङले बताए । आयोजना स्थलबाट गोर्खा बजारमा रहेको प्राधिकरणको सब स्टेसनसम्म पुर्‍याउन १८ किलोमिटर लामो ३३ केभीए क्षमताको प्रसारणलाई आयोजना स्वयंले निर्माण गरिसकेको छ ।

daraudi-a-hydropower2
प्रसारणलाइन निर्माण गर्न साढे ४ करोड रुपैयाँ खर्च भएको सञ्चालक गुरुङले बताए । आयोजनाको पावर हाउस चनौटेमा निर्माण गरिएको छ ।

हिउँदमा २ मेगावाट मात्रै

यो आयोजनाको प्रकृति रन अफ दि रिभर भएकाले वर्खायाममा ६ मेगावाटसम्म र हिउँदमा त्यसको ४० प्रतिशत अर्था २ मेगावाट मात्रै विजुली उत्पादन हुने सञ्चालक गुरुङले जानकारी दिए ।

१० मेगावाटको अर्को आयोजना बनाइँदै

daraudi-A
यो आयोजनाबाट व्यावसायिकरुपमा विद्युत उत्पादन भएको केही महिनाभित्र दरौंदी खोलामै १० मेगावाटको अर्को आयोजना निर्माण थाल्ने गुरुङले जानकारी दिए ।

‘आगामी केही महिनाभित्रै १० मेगावाट विद्युत उत्पादन क्षमताको तल्लो दरौंदी आयोजनाको निर्माण कार्य सुरु गर्नेछौं,’ उनले भने, ‘त्यसका लागि विद्युत विकास विभागबाट उत्पादन अनुमति पाइसकेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment