Comments Add Comment

‘मेरी आमा पनि डिप्रेशनले वित्नु भयो’: राजेश हमाल

'चलचित्रमा ठूलो गल्ती गरिएको हमालको तर्क'

rajesh-hamal

नायक राजेश हमालले आफ्नी आमाको पनि डिप्रेशनका कारण निधन भएको बताएका छन् । काठमाण्डौको सोल्टी होटलमा आयोजना भएको एक पत्रकार सम्मेलनमा हमालले भने-‘बुबाको निधन भएपछि मेरी आमामा पनि डिप्रेशन सुरु भयो । उहाँ खाली सुत्नुहुन्थ्यो, चुरोट मात्र पिउँनुहुन्थ्यो । धेरै नकारात्मक कुरा मात्र सोच्ने उहाँको बानी थियो । जसले उहाँको निधन भयो ।’

नायक हमालले चलचित्रमा मानसिक सन्तुलन विग्रिएको पात्रलाई देखाउँदा अपनाइने शैली गलत भएको बताए । हमालले भने-‘चलचित्रको ओपनिङ दृश्यमा जब एउटा कपाल विगि्रएको, फोहर कपडा लगाएको मानिसलाई देखाइन्थ्यो, उसलाई बच्चाहरुले ढुंगा हान्थे, लखेट्थ्य । हामीले चलचित्रबाट नै गलत सन्देश दिइरहेका रहेछौ ।’

मानसिक रुपमा कमजोर बनेको मानिस भन्ने वित्तिकै समाजले हेर्ने नजर गलत रहेको हमालको तर्क थियो । २०-२५ बर्ष यता नेपाली समाजको विकास अर्कै गतीमा बढेको भन्दै उनले यसलाई हतार भएको बताएका छन् ।

काठमाण्डौको सोल्टी होटलमा शनिबार आयोजना हुन लागेको ‘मानसिक स्वास्थ्यको जनचेतनाका लागि संगीत’ नामक कार्यक्रमको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा हमालले चलचित्र र आफ्नो व्यक्तिगत बिषयमा बोलेका हुन् । शनिबार हुने कार्यक्रममा आइसल्याण्डका संगीतकार तथा गायक होग्नी इग्लिसन, सुवानी मोक्तान एण्ड द सुपर सोनिक्स ब्याण्ड, १९७४ एडी लगायतले आफ्नो प्रस्तुती दिदै छन् ।

‘म्यूजिक फर मेन्टल हेल्थ एवरनेस’ले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रममा आइसल्याण्डबाट आएका गायक तथा संगीतकार होग्नीले आफू पनि डिप्रेशनको कारण केही समय कमजोर बनेको भन्दै यससँग लड्न सक्नुपर्ने बताए ।

आयोजक संस्थाकी प्रमुख अन्ना ताराले कार्यक्रमको मुख्य उद्देश्य मानसिक स्वास्थ्यको बिषयमा जनचेतना जगाउनु नै रहेको बताइन् । शनिबार वेलुकी साढे ४ बजेबाट कार्यक्रम सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment