Comments Add Comment

भूकम्प र भोटेकोशीको वितण्डापछि तातोपानी नाका (फोटो फिचर)

बाह्रविसेदेखि चीनको सीमासम्मको सडक सुचारु

tatopani-border-14
११ कात्तिक, काठमाडौं । विनाशकारी भूकम्प र ठीक एक वर्षपछिको भोटेकोशीको बाढीले क्षतविक्षत भएपछि अवरुद्ध भएको अरनिको राजमार्ग अन्तर्गत बाह्रविसे-तातोपानी सडक सुचारु भएको छ ।

भोटेकोशीले कटान गरेको सडक चीनको सडक विभाग र डिभिजन सडक कार्यालयले मर्मत गरेर सुचारु गरेको हो । अहिले नेपाल-चीन सीमा लिपीङको बसपार्कसम्म साना सवारी साधन सञ्चालन सुरु भएको डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख अशोक तिवारीले जानकारी दिए ।

tatopani-border-13

भोटेकोशी नदीले सडक कटान गरेपछि लामो समय राजमार्ग सञ्चालन नहुँदा बाह्रविसे माथीका पाँच गाविसका सर्वसाधारण हिँडेरै आवत-जावत गर्न बाध्य भएका थिए ।

जुरेदेखि तातोपानीसम्म समस्याग्रस्त पाँच स्थानको सडक सुचारु गर्न चिनियाँ पक्षले सहयोग गरेको प्रमुख तिवारीले जानकारी दिए । चिनियाँ पक्षले अहिले सीमा नजिकै लिपीङ बजारको सडकलाई सुचारु गर्न काम गरिरहेको छ । बाह्रविसेदेखि जम्बुसम्मको सडक निर्माणका लागि २० करोड रुपैयाँमा ठेक्का सम्झौता भइसकेको प्रमुख तिवारीले बताए ।

tatopani-border-12

जम्बुदेखि लिपीङसम्को सडक निर्माण कार्यको जिम्मा भने चिनियाँ पक्षलाई दिने कुरा भइरहेको उनले बताए । ‘जम्बुदेखि माथीको सडक निर्माणका लागि चिनियाँ पक्षले इन्टेस्ट्र देखाएको छ अब चिनियाँ पक्षलाई नै निर्माण कार्यको जिम्मा दिइन्छ होला,’ डिभिजन प्रमुख तिवारीले भने ।

जुरे पहिरो पछि समस्यामा आएको जुरे खण्डको सडक निर्माणको जिम्मा भने चिनियाँ पक्षले लिइसकेको छ ।

tatopani-border-11

यसैबीच स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुसहित एक सरकारी टोलीले भोटेकोशीले क्षती गरेको सडकको स्थलगत अवलोकन गरेको छ । स्थानीय विकास राज्यमन्त्री जबेगु, स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, जिल्ला प्राविधिक कार्यालयका प्रमुख पुष्प रञ्जित, पुनर्निर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालय चौताराका प्रमुख भुवनेश्वर लामिछाने लगायतका सरकारी टोली सीमासम्म पुगेको थियो ।

स्थलगत अनुगमनपछि राज्यमन्त्री जबेगुले तातोपानी नाका सञ्चालन र यहाँको संरचना निर्माणमा राज्य सिंगो लाग्नुपर्ने प्रतिक्रिया दिए ।

tatopani-border-5

tatopani-border-6

tatopani-border-7

tatopani-border-9

tatopani-border-3

tatopani-border-16

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment