Comments Add Comment

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार २ को मृत्यु

११ कात्तिक, बर्दिया । बर्दियाको धधवार-६ माथिल्लो वनगाई चोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

Byke-Accident
फाइल तस्वीर

धनगढीबाट नेपालगन्जतर्फ जाँदै गरेको ना ६ ख ६२६७ नम्बरको ट्रकले आज बिहान करिब १ बजेतिर विपरीत दिशाबाट आउँदै गरेको रा १ प ७८३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट बर्दिया धधवार गाविस-३ कतर्निया बस्ने २१ वर्षीय अर्जुन थारु र बाँके कोहलपुर नगरपालिका-११ बस्ने २१ वर्षीय युवराज थारुको घटनास्थलमै मृत्यु भएको हो ।

बर्दिया धधवार-३ कतर्नियाँ गाउँ निवासी २३ वर्षीय सञ्जय थारु घाइते भएका छन् । उनको उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए ।

ट्रक चालक कैलालीका धनिराम चौधरी र ट्रक प्रहरीको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment