Comments Add Comment

प्रभु बैंकले मनाङ, अछाम र रुकुमका सिमान्तकृत समुदायमा बैंकिङ सेवा पुर्‍याउने

युकेएडद्वारा सञ्चालित सक्षम कार्यक्रमसँग सम्झौता

prabhu-bank

११ कात्तिक, काठमाडौं । दुर्गम जिल्लाका महिला तथा सिमान्तकृत वर्गमा वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यसहित प्रभु बैंक र बेलायती विकास सहयोग नियोग (युकेएड)बाट सञ्चालित सक्षम कार्यक्रमबीच विहीबार सम्झौता भएको छ ।

बैंकको केन्द्रीय कार्यालय अनामनगरमा आयोजित एक कार्यक्रममा मनाङ, रुकुम र अछामका बासिन्दालाई बैंकिङ पहुँच पुर्‍याउने गरी सम्झौता भएको हो । सम्झौताअनुसार प्रभु बैंकले मनाङ, रुकुम र अछाम जिल्लामा ३ वटा शाखा र १५ वटा शाखारहित बैकिङ कार्यालय सञ्चालनमा ल्याउने छ ।

परियोजनाको सहयोगमा बैंकले स्थानीय जनताको जीवनस्तर उकास्नका लागि बिना धितो नरनारी उद्यमशिल कर्जा, कृषि ऋण तथा कम व्याजदरमा आवास निर्माणका लागि ऋण दिने छ । प्रभु बैंकले आफ्ना तीन शाखा र १५ वटा शाखारहित कार्यालय मार्फत बैंकिङ सेवाको पहुँच नभएको स्थानका जनतालाई कृषि र पशुपालनमा ऋण प्रवाह गर्ने छ ।

अझै पनि मध्य र सुदूरपश्चिमका यी समुदाय बैंकको पहुँचबाट बाहिर रहेको भन्दै यो कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता भएको हो ।

सम्झौतामा बैंकले मनाङको चामे, रुकुमको मुसीकोट र कमलाबजारमा शाखा खोल्दै सेवा दिने छ । बैंकले यी ठाउँमा एटिएम र मोबाइल बैंकिङ सेवा पनि सञ्चालन गर्ने जनाएको छ । बैंकले यो योजना अन्तर्गत यी जिल्लाका विभिन्न स्थानमा १५ वटा शाखा खोल्नेछ । यो कार्यक्रम पाँच वर्षसम्म चल्ने छ ।

यसैगरी बैकले स्थानीयस्तरमा उद्योगधन्दा सञ्चालन गर्न, कम व्याजमा घर निर्माण कर्जा लगायत सुविधा उपलब्ध गराउने बताइएको छ । दुबै संस्थाले परियोजना सञ्चालन गर्न ७ करोड ११ लाख ८९ हजार ४ सय ४२ रुपैयाँको कोष खडा गरेका छन् । बेलायतको विकास नियोग युके एडको सक्षम कार्यक्रम अन्तर्गत प्रभु बैंकसहित ३६ वटा राष्ट्रियस्तरका ‘क’ वर्ग र विकास बैंकसँग सम्झौता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment