Comments Add Comment

‘महाअभियोगको विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध छैन’

Pradip Gyawali११ कात्तिक, बनेपा । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय सत्ता परिवर्तनसँग कुनै सम्बन्ध नभएको बताएका छन् ।

काभ्रेपलाञ्चोकबाट प्रकाशित भएको ‘चेष्टा साप्ताहिक’को २३औँ वर्ष प्रवेशको अवसरमा आज बनेपामा आयोजना भएको वार्षिकोत्सवमा उनले महाअभियोगको विषयमा काँग्रेसले सही समयमा सही निर्णय गर्ने विश्वास व्यक्त गरे ।

अख्तियारको हाउगुजी देखाएर विकास निर्माणको कामसमेत प्रभावित हुनाका साथै विकास बजेट फ्रिज भएको तर्क गर्दै एमाले नेता ज्ञवालीले लोकमानसिंह कार्कीले लोकतन्त्रलाई नै चुनौती दिन खोजेको आरोप लगाए ।

सचिव ज्ञवालीले संविधान कार्यान्वयनको विषय सङ्कटमा परेको उल्लेख गर्दै संविधान कार्यान्वयन हुन नदिन ठूलो षडयन्त्र भएको आशङ्का गरे ।

उनले भने, ‘०७४ साल माघभित्र हुने भनिएका कुनै चुनाव पनि नहुने स्थिति आए मुलुक भयानक अराजकतातर्फ धकेलिने छ ।’

सचिव ज्ञवालीले विकास निर्माण र समृद्धिलाई पत्रकारिताले प्राथमिकता दिनुपर्ने तर्क गर्दै साना लगानीमा सञ्चालन भएका मिडियामा अनेकौँ चुनौती भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment