Comments Add Comment

कान्छी छोरीले उडाइन् ओवामाको मजाक

sasa-obama

काठमाडौं । अमेरिकाका राष्ट्रिपति बराक ओवामाले भनेकी छन् कि उनकी कान्छी छोरी शाशाले स्न्यापच्याटमा हालसालै उनको मजाक उडाए ।

ओवामाले भने कि एक डिनरको क्रममा सोसल नेटवर्कको बारेमा चर्चा गरिरहेका थिए तर शाशाले त्यसलाई रेकर्डिङ गरेर आफ्ना साथीहरुलाई पठाएकी थिइन् ।

राष्ट्रपति ओवामाले सोमबार प्रशारित भएको जिमी किमेल लाइभ टिभी शोका क्रममा छोरी शाशाको स्न्यापच्याट काण्डको खुलासा गरेका हुन् । उनले भने, ‘शाशा मलाई स्न्यापच्याटको बारेमा निर्देश गर्छिन् ।’

यो पहिलो पटक होइन कि राष्ट्रपति ओवामाले शाशाको अनलाइन गतिविधिको बारेमा चर्चा गरेको । यसअघि गएको जुलाईमा पनि ओवामाले भनेका थिए कि शाशाले केहि ट्वीट गरेकी थिइन् र त्यसपछि थुप्रै प्रतिष्ठित मिडियाहरुले शाशाको ट्वीटर एकाउण्टको पुष्टि गर्ने प्रयास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment