Comments Add Comment

महाराजगञ्जमा भ्याली कोल्ड स्टोरको तेस्रो चेन रेस्टुरेन्ट

vally-xpress-chicken-15
११ कात्तिक, काठमाडौं । भ्याली कोल्डस्टोरको फाष्टफूड चेन रेस्टुरेन्ट  ‘भ्याली एक्सप्रेस’ काठमाडौंको महाराजगञ्जमा पनि खुलेको छ । चितवनको भरतपुरमा ख्याति पाएपछि काठमाडौं नयाँ बजारमा विस्तार भएका भ्याली एक्प्रेस रेस्टुरेन्ट  अब महाराजगञ्जमा पनि खुलेको छ ।

चिकेनको परिकार र उत्पादनमा अब्बल ठहरिएको भ्यालीको तेस्रो चेन रेस्टुरेन्टका रुपमा भ्याली एक्सप्रेस महाराजगञ्जमा खुलेको हो । बिहीबार नयाँ चेन रेस्टुरेन्टको एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।

अब महराजगञ्जसहित आसपासका उपभोक्तालाई भ्यालीका गुणस्तरीय परिकार लिन नयाँबजार पुग्नुपर्ने बाध्यता हटेको छ ।

vally-xpress-chicken-13
अन्तर्राष्ट्रिय स्तरको प्रविधिको प्रयोग गरेर सुपथ मूल्यमा गुणस्तरीय, स्वस्थकर र स्वादिलो मासुका कारण भ्याली एक्सप्रेस पछिल्लो समयमा निकै चर्चित बनेको छ ।

ग्राहकको मागलाई नै ध्यानमा राखेर महाराजगञ्जमा चेन रेस्टुरेन्टको शुभारम्भ गरिएको भ्याली ग्रुप अफ इन्डष्ट्रका निर्देशक बाबुराजा रावलले जानकारी दिए ।

vally-xpress-chicken-17
‘भ्यालीको उत्पादन र परिकारलाई ग्राहकले अत्याधिक रुचाएका छन्’ रावलले भने,’हामीले ग्राहको सुविधालाई ध्यानमा राखेर चेन रेष्टुरेन्ट खोल्ने क्रम सु्रु गरेका छौं ।’

भ्यालीले स्वदेशी उत्पादनलाई नै ब्राण्डिङ गरेको र यसले राष्ट्रिय रुपमा ख्याति पाउने अवस्था देखिएको उनको भनाइ छ ।

vally-xpress-chicken-18
निर्देशक रावल

‘हामीले आफ्नै पोल्ट्र र्फममा स्वस्थबर्द्धक कुखुरापालन गरेका छौं । हाम्रो आफ्नै आधुनिक बधशाला छ भने हामी आफैं यसका परिकारलाई स्वदेशी स्वादमा पस्किरहेका छौं’ रावलले भने,’त्यसैले पनि यसलाई सबैले रुचाउनुभएको छ ।’

अब छिट्टै काठमाडौं उपत्यकाका अन्य क्षेत्र र उपत्यकाबाहिर पनि भ्यालीका परिकारलाई चेन रेष्टुरेन्टमार्फत उपभोक्तामाझ पुर्‍याउने कम्पनीले जनाएको छ ।

भ्यालीमा अन्तर्राष्ट्रिय चेन रेष्टुरेन्टहरुले उपयोग गरिरेका प्रविधिलाई प्रयोग गरिएको छ । रेष्टुरेन्टमा गि्रल्ड चिकेन, चिकेन बर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायत २५ भन्दा बढी परिकार ग्राहकका लागि उपलब्ध छ ।

२०४१ सालमा स्थापना भएको भ्याली कोल्ड स्टोर ३२ वर्षपछि मात्रै फाष्टफुडको ब्यापारमा प्रवेश गरेको थियो ।

vally-xpress-chicken-20
तर, छोटो समयमै यसले निकै ख्याति कमाएको छ । स्टोरले आधुनिक दाना उद्योग, ह्याचरी र पोल्ट्र र्फम पनि चलाइरहेको छ ।

भ्याली ग्रुपपमा भ्यालीकोल्ड स्टोरसहित भ्याली फीड इण्डष्ट्री, भ्याली पोल्ट्री प्रालि, मस्र्याङ्दी पोल्ट्री, त्रिशुली विडि्रङ एउण्ड रिसर्च प्रालि सञ्चालनमा छन् ।

vally-xpress-chicken-16
यसको गुणस्तरीय उत्पादन र भरपर्दो प्रविधिका कारण आइएसओ समेत प्राप्त गरिसकेको छ । यसले सञ्चालन गरेको बधशालालाई केएफसीकोसमेत मनिटरिङ गर्ने अन्तर्राष्ट्रिय संस्था एम ब्राण्डले समेत मान्यता दिइसकेको छ ।

केएफसी सहित नेपालका ठूला होटलहरुले समेत यसका उत्पादनहरु प्रयोग गरिरहेका छन् । यसैका कारण विदेशबाट हुने मासु आयात घटेको कम्पनीको दावी छ ।
vally-xpress-chicken-14
vally-xpress-chicken-10
vally-xpress-chicken-11
vally-xpress-chicken-9
vally-xpress-chicken-12
vally-xpress-chicken-19

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment