Comments Add Comment

संघीय गठवन्धनले सरकारलाई सचेत गरायो, लोकमानबारे अझै मौन

sanghiya-ghathbandhan

११ कात्तिक, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले तीनबुँदे सहमति कार्यान्वयन गर्न सरकारलाई सचेत गराएको छ ।

साथै उसले प्रदेशको सीमांकन नटुङ्गएिसम्म स्थानीय तहको पुनर्संरचना स्वीकार नगर्ने र कुनै पनि चुनाव हुन नदिने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीले मधेसी मोर्चासँग सकारात्मक सम्वाद भइरहेको बताएको भोलिपल्ट गठवन्धनको बिहीबार बसेको बैठकले सरकार गठनका क्रममा भएको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएको छ ।

सहमति कार्यान्वयन गर्नुको सट्टा समस्यालाई अझै अल्झाउने र विश्वासको वातावरण बिगार्ने काम गरेको भन्दै गठवन्धनले भनेको छ, गठबन्धनको मुद्दालाई ओझेलमा पारी मुलुकलाई नै द्वन्द्वतर्फ धकेल्ने प्रपञ्च गरिएको हुनाले तीन बुँदे सहमतिप्रति पूर्ण रुपले प्रतिबद्ध भई त्यसको अक्षरस कार्यान्वयनको लागि सरकारलाई गठबन्धनले सचेत गराउँदछ ।’

प्रधानमन्त्री प्रचण्डले बिहीबार मात्र सम्पादहरुसँगको छलफलमा संविधानका चार विषयमा संशोधन गर्न सकारात्मक छलफल भएको बताएका थिए ।

गठवन्धनमा आवद्ध संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले सहमति अनुसार सरकार अघि नबढेे समर्थन फिर्ता लिन सक्ने बताए ।

चु्नाव गर्न नदिने धम्की

संघीय गठवन्धनले स्थानीय निकायको पुनर्संरचनामा पनि सहयोग नगर्ने भएको छ । उसले स्थानीय तह पुनर्संरचना प्रदेश मातहतमा ल्याउनु पर्ने र प्रदेशको सीमांकन नटुङ्गएिसम्म राज्यको पुनर्संचरना नम्मान्ने संघीय गठवन्धनले बताएको छ ।

‘स्थानीय तह पुनर्संचरना आयोगद्धारा गरिएका काम कारबाही गठनबन्धनलाई कदापि पनि मान्य छैन’ उसले भनेको छ, जबसम्म, प्रदेशहरुको सीमांकन र सैद्यान्तिक रुपमा स्थानीय तह प्रदेश मातहत् रहने संविधानमा प्रावधान सुनिश्चित नहुञ्जेलसम्म कुनै पनि प्रकारको राज्यको पुनर्संचरना गठबन्धनलाई मान्य नहुने र सीमांकन तथा राज्य पुनर्संरचनाको टुंगो नलागेसम्म कुनै पनि निर्वाचन हुन नदिने गठबन्धनले निर्णय गरेको छ ।’

लोकमानबारे अझै मौनता तोडेन

संघीय गठवन्धनको बैठकमका अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथिको महाअभियोगबारे छलफल भएको छ । तर, सरकारलाई समर्थन गरेको भएपनि महाअभियोग दर्ता गर्दा कुनै सल्लाह नै नगरी र नियुक्ति किन गरिएको थियो र अहिलेको महाअभियोग के हो त्यो स्पष्ट नभएको उसले बताएको छ ।

संघीय गठवन्धनले भनेको छ, यी विषयहरुका सन्दर्भमा स्पष्टता आएपश्चात् मात्र संघीय गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्नेछ ।’

फोरमका उपाध्यक्ष श्रेष्ठले आफूहरुसाग भएको तीनबुादे सहमतिलाई ओझेलमा पार्ने खेल भइरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment