Comments Add Comment

एमाले रुपन्देहीमा सुवेदी निर्वाचित

११ कात्तिक, बुटवल । नेकपा एमाले रुपन्देहीको आज भैरहवामा सम्पन्न आठौँ जिल्ला अधिवेशनले शिव सुवेदीको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ ।

shiva-subediकमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरी चौधरी र उपसचिवमा गोपाल राना निर्विरोध चयन भएका छन् ।

त्यस्तै खुलातर्फका सदस्यमा तेजेन्द्र केसी, खेम लुईटेल, यज्ञ गैरे, युवराज घिमिरे, वासु घिमिरे, सिद्धिचरण भट्टराई, हितराज पन्थी र नरबहादुर घर्ती निर्विरोध चयन भएका छन् ।

यस्तै पहिलो पटक एकैसाथ चार पत्रकार एमाले जिल्ला कमिटीमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा प्रेस चौतारी नेपालका पूर्वकेन्द्रीय उपाध्यक्ष मोहन चापागाईं, चौतारीका केन्द्रीय सदस्य यम राना, चौतारी रुपन्देहीका पूर्व उपाध्यक्ष सिद्धिचरण भट्टराई र सञ्जय गुप्ता रहेका छन् ।

अधिवेशन यही कात्तिक ६ गतदेखि भैरहवामा सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment