Comments Add Comment

लोकमानले आंतक मच्चाएको कारण महाअभियोगः सञ्चारमन्त्री कार्की

img_5783

११ कात्तिक, भैरहवा । अख्तियार प्रमुख लोकमान सिंह कार्कीले राज्य आंतक मच्चाएका कारण महाअभियोग लगाउनु परेको सञ्चारमन्त्री राम कार्कीले वताए ।

बिहीबार भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा मन्त्री कार्कीले लोकमानको अराजकतालाई रोक्न महाअभियोग आएको बताए । देशमा सुशासन कायम गर्ने संवैधानिक निकायका प्रमुखले निति र नियम पालना गराउनुमा अराजकता मच्चाएको उनको आरोप छ ।

मन्त्री कार्कीले यो०७३ को चैत सम्ममा स्थानिय निकायको पुनर्संरचना गरी स्थानिय निकायको निर्वाचन गराउने दाबी गरे ।

पत्रकार हकहितको लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले विभिन्न कार्यक्रममार्फत केन्द्र र मोफसलका पत्रकारबीचको आर्थिक खाडल पुर्न प्रयास गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment