Comments Add Comment

नीर जहिले रिसाउनीमा सलमानको डान्स !

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पुरानो डुंगा’ को शीर्ष गीत नीर जहिले रिसाउनी…ले तन्नेरी पुस्ताको ध्यान तानेको छ ।

‘कबड्डी-कबड्डी’ निर्देशक रामबाबु गुरुङ निर्देशित ‘पुरानो डुँगा’लाई एउटै गीतले चर्चामा पुर्‍याएको छ । युट्युबमा नीर जहिले रिसाउनीको थरि थरि भिडियो भेटिएवाटै पुष्टि हुन्छ । तन्नेरी पुस्ताको ध्यान तान्न चलचित्र सफल भएको छ ।

उक्त गीतमा इन्टरनेटमा रमाउने पुस्ताले सलमान खान, सोनाक्षी सिन्हादेखि धुर्मुस-सुन्तली समेतलाई जोडेर भिडियो बनाएका छन् । युट्युवमा यति धेरै भिडियो भेटिन्छ । स्वदेशदेखि विदेशमा बस्ने किशोर किशोरीले कतिपय भिडियो मेहनत गरेर बनाएका छन् ।

आउँदो मंसिर १० गते रिलिज हुने उक्त चलचित्रमा कालिप्रसाद बास्कोटाको शब्द संगीत रहेको छ । दयाहाङ राई, पि्रयंका कार्की, माओत्से गुरुङ, मेनुका कार्की लगायतले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment